कुशल र मलाई प्रेमको डोरीले जोडेको थियो । हाम्रो प्रेम अनन्त गहिराईसम्म पुगेको थियो । हामी प्रेमलाई अक्षुण्ण बनाउन चाहन्थ्यौं,दाम्पत्य जीवनमा रुपान्तरित गरेर,जिन्दगीभर संंंगै रम्ने,रमाउने गरी । त्यसलाई मूर्तता दिन हामी भागेर विकट पहाडी गाउँ दैलेख पुग्यौं,जहाँ मेरी फुपु हुनुहुन्थ्यो । दुर्भाग्य, आर्थिक,जातीय र पदीय दम्भले चुलिएका मेरा परिवारबाट त्यो हाम्रो प्रेमिलो डोरी छिनाल्ने षडयन्त्रहरु भए ।
घरमा व्यापक खोजी भएछ । सम्भावनालाई आँकलन गरी दम्भी मेरा बुवाले सुरक्षाकर्मी मार्फत फुपुकै घरबाट गिरफतार गरी हाम्रो समर्पित प्रेमको अँगालोलाई बिथोलेर हामीलाई नदीका दुई किनारमा पु¥याइदिए । यसरी कुशलबाट चुडिएर शूलीमा चढेको घायल मेरो जिन्दगी थियो । अन्य प्रसंगमा बिटुलो मानिने मेरो शरीर उनको आवश्यकतामा गौण भयो ।
मलाई थाहाछ, धरातलमा तेश्रो आत्माको जन्मदिने बैवाहिक जीवनमा सबै भन्दा महत्वपूर्ण प्रेम नै हो,निर्बन्ध प्रेम । हृदय स्थिर रहने जीवनको अञ्जुली पनि हो प्रेम । पति पत्नीको नाता, कसैगरी नगिजोलिने प्रेमपूर्ण हुनुपर्छ, जीवनभरको अक्षुण्ण । दुई आत्माको प्रेमपूर्ण मिलनले आपसका विभिन्नतालाई पनि मेटाइदिन्छ । शाश्वत सत्य हो ।
कुशलको प्रेममय अगालोबाट बिच्छेद भएपछि मेरो दाम्लो कथित सम्पन्नशाली सन्तोषको हातमा प¥यो । मेरो जिन्दगी ऊसंग जोडिएको पाँच बर्षको अन्तरालमा दुई छोरी भए । मबाट धर्तिमा अवतरण भएका मेरा सन्तान दुई छोरी मेरा लागि भाग्य र अभिशाप दुबै बने । असन्तुष्टी भित्र गुज्रिएको मेरो जिन्दगीलाई अनिष्टताको कालो बादलले छोप्यो । छोरी मात्र पाएको निउमा ओरालिएका मेरा दिनहरु अझै पातालतिर धस्सिन थाल्यो । मप्रतिको उनीहरुको दृष्टि बक्र हुँदै वितृषित भयो ।
श्रृष्टिकी जननी छोरीलाई सन्तान नदेख्ने संस्कार र मनोरोगले ग्रसित सन्तोषका आमा छोराबाट मप्रति नित्य, आँखाको ठुङ्गाई र बोलीको टोकाईको क्रम बढ्दै अन्ततः प्रकृतिको भोगभागलाई नबुभनेहरुबाट उनीहरुको छोरा पाउने अभिलाषा झन प्रबल भएपछि अर्की स्वास्नी भित्रायो,सन्तोषले । महिलाको मर्म नबुझ्ने उसकी आमाले अँध्यारो पोतिएको छोराको मुखाकृतिको मनोविज्ञान बुझेजस्तो गरी ‘छोरी छोरी पाउने स्वास्नी के काम ? अर्की लेर आ’ भनी । अनि मदेखि बाङ्गिएर विकल्प खोजिरहेको सन्तोषलाई आमाको उद्गार ‘के निउ पाउँ,कनिका बुकाउँ’ टेकोमा चढेर अर्की स्वास्नी भित्राइहाल्यो । त्यसपछि म झन उसको आँखाको कसिङ्ग बन्न पुगेँ ।
मप्रति उसको मायाको झिल्को त पहिलेदेखिनै थिएन नै । थप कटाक्ष,घोचपेच र लान्छनाका अन्येक घृणित वाक प्रहारहरुले मेरो मुटुलाई थन्थिलो पा¥यो । मलाई उसले दिने गरेका भौतिक र मानसिक पीडाहरु असैह्य भए । पितृसत्ताको उन्मादी त्यो घरबाट मैले न्याय पाउनु भनेको ‘काग कराएर पिना सुके’ जस्तै थियो । म पनि के कम?अन्याय सहन नसक्ने संघर्षशील आइमाइ हुँ । अन्ततः मैले कानूनको छत्रछायाँमा गएँ । र अंश सहित सम्बन्ध विच्छेद गरेर आफनो भाग लिई आफना दुई छोरीका साथ अलग्गै बस्न थालेँ । अनि छोरीहरुलाई स–शिक्षा हुर्काउँदै बिस्तारै सामाजिक सेवामा लागेंँ ।
सामाजिक सेवा गर्दै जाँदा समाजले मलाई माया गरे । अनि राजनीतिमा लागेंँ । सबैको मायाले मलाई सांसद बनायो । भविष्य समयमाथि निर्भर हुदोरहेछ भने कर्म आफूमाथि । गरे काम असम्भव के हुँदो रहेछ र । आफूबाट अरुलाई अन्याय नहोस । अन्याय सहनु पनि जिन्दगीको हार हो । पराजित मानसिकतामा न्यायले साथ दिन सक्दैन भन्ने विचार समाजलाई सम्प्रेषण गर्दै जनसेवामा भिजेका थिएँ म । त्यही जनसेवालाई राजनीतिको खुट्किलो बनाएकी थिएँ मैले । परोपकारिता,उत्पीडितहरुलाई न्याय दिलाउनु मेरो लक्ष्य बन्यो ।
अन्ततः समयले मलाई राज्यको नीति निर्माणमा टेवा पु¥याउने अवसर पनि मलाई प्राप्त भएकोछ । अहिले संसदको महिला समितिको सदस्यको जिम्मेवारी पाएकोले यसमा सकृयतापूर्वक लागेकी पनि छु । छोरीहरु विज्ञान र कानून बिषय लिएर बाह्र र स्नातकमा अध्ययनरत छन् ।
रुग्ण संस्कारको ह्याङ्गमा झुल्नेहरुले, जातियता र आर्थिक हैसियत कोट्याएर मेरो प्रेमिलो जिन्दगीको हत्या गरे । अर्थोडक्सी मेरो पिताले टीका लाउँदा मलाई र उसलाई भनेका थिए–“तिमीहरुको नयाँ दाम्पत्य जिन्दगी तन,मनदेखि एकार्कामा मेल भै रहोस ।”दौलत र कुलको रोमाञ्चमा हराएका उनले जीवन,जगत,प्रेम,मानव मान्यता,मूल्य, मान्छेका झेलका रुपहरुलाई बुझ्न सकेनन र मलाई विश्वास नहुदा नहुदै, छोरीको जिन्दगीलाई नर्ग कुण्डमा घुसार्दै भने– मेल ।
उसले मभन्दा पछि छोरो पाउन भनेर विहा गरेकी स्वास्नीले पनि छोरी नै पाएपछि ऊ डाक्टरकाँ गएछ,सल्लाह लिन । डाक्टरले भनिदिएछन्–“सन्तोषबाबु ! सत्य यो हो कि,प्रथमतः छोरीछोरी पाउनुमा नारीको कमजोरी हैन । नारीको बच्चादानीमा खेल्ने पुरुष शुक्रकिटकै कमजोरीका कारण हुन्छ । दोश्रो,छोरी सृष्टि हो,तपाईको आमा नभएको भए तपाई कसरी जन्मिनु भयो ? छोरी धर्ति हो,जगत हो,जहाँ तपाई अडिनु भएकोछ,यावत जीव निर्जीव वस्तुहरु अडिएकाछन् । छोरीप्रति वितृष्णा,हेय दृष्टि हैन माया र सदभाव राख्नु पर्छ । छोरा र छोरीमा विभेद देख्ने मान्छे मलाई मन पर्दैन । मकाँ कोही कोही गर्भको लिङ्ग पत्ता लाएर छोरी भए पतन गराउन चाहन्छन् । म त्यस्ता पापीलाई दुत्कार्दै हप्काएर पठाउँछु । दुबै आफनै सन्तान हुन् । आखिर छोरीमा यत्रो नकारात्मक भावना किन ? आखिर छोरी पनि उही मानव हैन र ? छोराले गर्ने काम छोरीले गर्न नसक्ने भए अहिलेसम्म विश्वमा राजनीतिक क्षेत्र,बैज्ञानिक क्षेत्र, लडाइकै क्षेत्रमा समेत नाम कसरी राख्न सक्थे ? अंश र बंशको कुरा गर्ने हो भने छोरा नभए छोरीलाई अंश दिए भैहाल्यो । बंशका कुरा गर्ने हो भने छोरीले पनि बाबुको नाम राखेकै हुन्छन् । छोराले कुलतको बाटो समात्यो भने बदनामको दुर्गन्धित छिटा बाबुको नाकमा परेकै हुन्छ । त्यसैले छोरीलाई हेला गर्नु पाप हो सन्तोष बाबु । यो मनमा राखिराख््नु । लौ जानुस,हाँसी खुसी बस्नुस ।”
डाक्टरको यो प्रष्टिकरण र अर्तिले उसको मुखमा बुजो मात्र लागेन, यद्यपी सबैका दिमागी तन्तु पनि झकझकायो होला, अवश्य ।
०००
प्रतिक्रिया