३० चैत्र २०८१, शनिबार | April 12, 2025

छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस् : मोहना अन्सारी



मलाई जब स्कूल पठाउन शुरु गरीएको थियो त्यस बखत आज को जस्तो वातावरण थिएन र आज जो मुस्लिम समुदायका सरपरस्त (अभिभावक) बनेका छन् शायद तिनलाई त्यो परिवेश थाहा पनि थिएन होला किन भने विधालय को वातावरण निकै सौहार्द थियो । हामी सबै समुदायका बालबालिका एकै किसिमको स्कर्ट र सर्ट र केटा हरु हाफ(गर्मीमा) पाईन्ट वा पाईन्ट लगाएर जाने गर्दथ्यौ । कुनै अभिभावकले विधालयमा आई छोरी स्कर्ट भन्दा सुरुवाल कुर्ता लगाएर पठाउछौ भनि भनेको सम्झना नै छैन ।

माेहना अन्सारी

बांके (नेपालगंज) मा छोरी मात्रै पढाउनको लागि सरस्वती विधालय थियो । जहां न्यून मात्रामा मुस्लिम समुदायका बच्चीहरुलाई पठाईन्थ्यो । मलाई त्यही को केटा केटी दुवै पढ्ने विधालय पढ्न पठाईयो ।

मुस्लिम समुदायमा छोरी लाई विधालय पठाउने चलन नै थिएन । किन की छोरी पढिन भने सक्षम बन्ने छिन भन्ने ठूलो डर थियो र समुदायमा छोरी बिग्रीन्छिन भन्ने भय र डर देखाईएको थियो त्यसैकारणले छोरी पढाउने चलन थिएन । छोरा पढ्यो भने बाबु आमा सिहार्छ छोरी अर्का को घर जाने जात हो किन खर्च गर्ने छोरी माथी “छोरी घर की निशुल्क घरेलु कामदार थिईन” । छोरी माथि पनि छोरा सरह लगानी गरेको भए शायद आज यो समुदायको आर्थिक सामाजिक परिवेश अर्कै हुने थियो ।

तर खुशी के मान्नु पर्छ भने विस्तारै परिवेश फेरिदै गयो र अन्य समुदाय सरह छोरी लाई पनि पढाउने चलन मुस्लिम समुदायमा पनि बृध्दी भयो । र शुरु भयो नयां षडयन्त्र लुगालाई लिएर र यो विशुध्द पुरुषको सोच लाद्ने क्रमको रुपमा जारी छ ।

कपडा लाई लिएर मुस्लिम समुदायमा संक्रीर्णता थियो नै र छ पनि आफूलाई सहज लाग्ने वा जे लगाउदा आफूमा आत्म विश्वास जाग्दछ त्यो लगाउन छुट छैन । लादिएको सोच का कारण निरन्तर बहस मा छ मुस्लिम महिला को पोशाक यो नेपालमा मात्रै होईन विश्व मा नै यसरी चलि रहेको छ ।

“छोरीले छाती र घुडा ढाकेर हिन्नु पर्छ” । कति आत्तिएनु हुन्छ हो पुरुष दाजु भाईहरु ?
बहस का विषय विश्वमा र देश भित्र अरु पनि छन् । कसरी अधिक भन्दा अधिक राजनितीक, सानुदायिक नेता बनाउन सकिन्छ ?कसरी डाक्टर ईन्जिनीयर वा कानून व्यवसायी  शिक्षक बनाउन सकिन्छ ? कसरी हिंसा मुक्त समाज बनाउन सकिन्छ ?

छोरीलाई आफ्नो तरीकाले बांच्न दिनुस् । सक्षमता र आत्मविश्वास को सास फेर्न दिनुस् । कहिले सम्म लादिएका सोचमा बांच्ने छिन हाम्रा छोरीहरु ???

अधिकारकर्मी नागरिक अभियन्ता माहेना अन्सारीको वालबाट साभार

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ०५ बजे

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया