१० पुस २०८१, बुधबार | December 26, 2024

खप्तड छेडेदह गाउँपालिका ‘एक घर एक बैंक खाता’ अभियानमा नेपालकै पहिलो गाउँपालिका



खप्तड । खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो । बित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो । शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो । २०७६ सालको नयाँ वर्षमा सरकारले समृद्धिसँग जोडौं नाता सबै नेपाली बैक खाता नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको थियो ।

जम्मा ३,२३४ घरधुरी रही २२,१३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९,४७६ खाता खोली सञ्चालनमा ल्याएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सूदुर पश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले बैंक तथा बित्तिय संस्थाको सहभागितामा मात्र आर्थिक गतिबिधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने बताएका छन् । उनले यस क्षेत्रको बैंकिङ्ग सचेतनाको स्तर निकै उच्च रहेको आफुले महशुश गरेको उल्लेख गर्दै अभियान सञ्चालनमा सहभागी सबैलाई धन्यबाद दिदै यस किसिमको काम नेपालकै बित्तिय साक्षरता अभियानको लागि नमुना भएको बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले छोटो समयमै सम्पन्न भएको यस खालको कार्यक्रमले गाउँपालिकाको बित्तिय चेतनामा अभिबृद्धि–सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता मार्फत वचत बृद्धि नारालाई बास्तविकतामा परिणत गर्ने बताए ।

अभियान बारे प्रतिक्रिया दिदै उपस्थित स्थानिय सुर्जादेबी रावतले हिमालयन बैंकले सञ्चालन गरेको अभियानले गाउँपालिकालाई नै नमूना पालिकाको रुपमा चिनाएको तथा स्थानीयहरुलाई बैंकिङ्ग सचेतना र सेवामा उल्लेख्य बृद्धि गरेको बताए ।

कार्यक्रमका सभापति एवं गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ्ग सेवाको सुरुवात भएको ८६ वर्ष पश्चात भए पनि मानव बिकास सुचकांकको अन्तिम स्थानमा रहेको जिल्लाको स्थानीय निकायले नै बित्तिय साक्षरता अभियानमा नमुनाको रुपमा उदाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बाजुरा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, स्थानीय ३१ सार्बजनिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधीहरु, सर्बसाधारण लगायत करिब ५ हजार जनाको उपस्थिति रहेको थियो ।

एक घर एक बैंक खाता अभियानमा नमुना गाउँपालिका बनेपछि ३१ विद्यालयलाई हिमालयन बैंकको शैक्षिक सामाग्री :

खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक बिद्यालयलाई शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । हिमालयन बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकामा सञ्चालित ३१ वटा बिद्यालयहरुलाई उक्त सामाग्रीहरु बितरण गरिएको हो ।

हिमालयन बैंक लिमिटेडको सहकार्यमा खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरको एक घर एक बैंक खाता अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रमममा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, बैंकका छेडेदह शाखा प्रमुख किरण रिजाल लगायतले उक्त सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरुलाई हस्तान्तरण गरेका थिए ।

बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए । कार्यक्रमका सभापति गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बैंकको सहकार्य र सहयोग प्रति धन्यबाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ३१ बजे

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

एमाले सचिवालय : संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच

गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

काठमाडौँ । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्युएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर