२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

यौन प्रकरणमा मुछिएका जर्नेलसहित तीन जना बर्खास्त



काठमाडौं । नेपाली सेनाले यौन प्रकरणमा मुछिएको प्रमाणित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा महिला सैनिक अधिकृतसहित तीन जनालाई बर्खास्त गरेको छ ।

सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

यौन दुव्र्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको छ ।

सैनिक उच्च स्रोतका अनुसार जर्नेल कार्कीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै छानबिन थालेको थियो । सो कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो ।

कारबाही सिफारिस लगत्तै सैनिक मुख्यालयले उनीहरूलाई कारबाहीस्वरूप भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो । सैनिक स्रोतका अनुसार अनुसन्धानका क्रममा जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्की महिला सैनिकलाई यौन दुव्र्यवहार गरेको तथ्य फेला परेको थियो ।  उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : १८ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी