५ माघ २०८१, शनिबार | January 18, 2025

आगलागी हुँदा पेट्रोल पम्प जलेर नष्ट, १ जना घाइते



चैनपुर । सङ्खुवासभाको चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्स (पेट्रोल पम्प)मा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ ।

चैनपुर-७ मा रहेको सप्लायर्समा मंगलबार बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।

घाइते श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

यसैगरी सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीका कारण खुल्न सकेको छैन । रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ५१ बजे

आइसीसी यू-१९ टी-२० महिला विश्वकप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरूद्धको

म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : पूर्वराष्ट्रपति यादव

ललितपुर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस् : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा

सहरी साँघुरा क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा