२ चैत्र २०८१, शनिबार | March 15, 2025

खुल्लामञ्चका अतिक्रमित संरचना डोजर लगाएर हटाइयो



काठमाडौं । काठमाडौंको खुलामञ्च भन्ने वित्तिकै आम मानिसको सोचाई राजनीतिक दलहरुले गर्ने सभा विरोध प्रदर्शनस्थल भनेर चिनिन्छ । विगतदेखि सबै राजनीतिक दलहरु र खुलामञ्चको साइनो राजनीतिक परिवर्तनको साक्षी बनेर खडा छ । तर, केही वर्षयता खुलामञ्चमा सार्वजनिक सभा, समारोह, प्रदर्शन हुन छोडेको थियो ।

भूकम्पछि खुला मञ्चको अतिक्रमण सुरु भएको थियो । एकातिर पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने नाममा ६ महिनका लागि भन्दै अस्थायी रुपमा बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो भने अर्कोतिर दरबार हाइस्कुल पुनर्निर्माण र वीर अस्पतालको नयाँ भवन निर्माणका लागि निर्माणसामग्री थुपार्ने र कामदार राख्ने स्थल । त्यहीँमाथि थप अतिक्रमण गरेर कैयौं टहरा निर्माण । खुल्लामञ्च वास्तवमै कुरुप बनेको थियो । खुल्लामञ्च अतिक्रमण भएको विरोधमा अकुपाई टुँडिखेलको नाममा अभियन्ताहरुले दबाब बढाउँदै आएका थिए । तर उनीहरुको सुनुवाई भएको थिएन ।

पछिल्लो समय सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोध र समर्थनमा राजनीतिक दलका ठूला प्रदर्शन र सभा स्थान अभावका कारण सडकमै हुन थालेपछि काठमाडौं महानगरपालिका दबाबमा परेको थियो । दशौं हजारको उपस्थितिमा सडकमै प्रदर्शन र सभा भएका कारण काठमाडौंकै ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि महानगरपालिका खुल्लामञ्चको अतिक्रमण हटाउने निस्कर्षमा पुगेको थियो ।

बुधबार बिहानै महानगरपालिकाले डोजर लगाएर अतिक्रमित टहराहरु भत्काएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : ३१ बजे

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२

वन डढेलो सचेतना सप्ताह सुरु

नवलपरासी । नवलपरासीमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन