काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली तथा, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
यस्तै, आज राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।
प्रतिक्रिया