एजेन्सी । मोरक्कोमा अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमवार आएको बाढीमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
घटनास्थलबाट २४ शव निकालिएको र १० जनाको उद्धार गरिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
मृतकहरु सबै गैरकानुनी रुपमा सञ्चालित कपडा कारखानामा काम गर्ने २० देखि ४० वर्ष उमेर समूहका कामदार रहेको जनाइएको छ ।
घटनास्थलमा खोजी तथा उद्धारको प्रयास जारी छ । घटनामा थप कति कमदारहरू परेका छन् भन्ने यकिन हुन सकेको छैन ।
प्रतिक्रिया