३ मंसिर २०८१, सोमबार | November 19, 2024

गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण अभियान जारी



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले नागरिकलाई सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण अभियान जारी रहेको बताएका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको आज निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले स्वास्थ्य क्षेत्र तथा जिल्ला अस्पतालको सृदृढीकरण अभियान जारी रहेको बताए ।

गत वर्षदेखि नै यो अभियान शुरु भएको र अहिले पनि जारी रहेको उनको भनाई छ । सुदृढीकरण अभियानअन्तर्गत नागरिकलाई सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा अस्पतालको भौतिक पूर्वाधार निर्माण, आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन, उपकरणको प्रबन्ध र गुणस्तरीय तथा पर्याप्त औषधि व्यवस्थापनमा प्रदेश सरकार चासो दिएर लागेको मुख्यमन्त्री गुरुङले भने ।

प्रदेश सरकारले हरेक जिल्ला अस्पतालमा सृदृढीकरण अभियान शुरु गरेपश्चात् सङ्घीय सरकारले समेत रु ३३ करोड उपलब्ध गराएको उल्लेख गर्दै यसको समुचित प्रयोग हुन नसकेकोमा उनले दुःख व्यक्त गरे । “हामीले अभियान शुरु गरेपछि, अरु प्रदेशलाई नदिएको हामीलाई थप रकम आयो, हाम्रा निकायले भने खर्च गर्नै सकेनन्”, मुख्यमन्त्री गुरुङले भने ।

जिल्ला अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकारले लगानी गरिरहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । आवश्यकताअनुसार रहेका जिल्ला अस्पतालमा श्यया थप गर्ने, उपकरण र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले काम गरिरहेको उनले बताए । प्रदेश सरकारले स्वास्थ्य सुधारका लागि गरेको सहयोगका कामले गति नलिएमा सम्बन्धित कर्मचारी जवाफदेही हुनुपर्ने उनको भनाई छ । मध्यबिन्दु जिल्ला अस्पताललाई समेत भोलिका दिनमा स्तरोन्नति गर्दै आवश्यकताअनुसार श्यया थप गर्दै लैजानेसमेत उनले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलराज गौतमले सोही क्रममा अस्पतालका तर्फबाट माग पत्र पेश गरेका थिए । उनले अस्पतालमा ३१ जनाको दरबन्दी भए पनि हाल छ जनमात्रै भएकाले यसको पदपूर्ति गर्नुपर्ने, शल्यक्रिया कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरणको व्यस्थापन गर्नुपर्ने, ५० श्ययाको रूपमा स्तरोन्नति गर्ने घोषणा भइसकेकाले सोहीअनुसारको दरबन्दी कायम गर्नुपर्ने, जिल्ला अस्पतालको निर्माणाधीन भवनको लागि थप बजेट विनियोजन गर्नुपर्नेलगायत विषय समेटिएको मागपत्र मुख्यमन्त्रीसमक्ष पेश गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : २८ बजे

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको

Former Speaker Dhungana cremated with state honours

Kathmandu: Former Speaker Damannath Dhungana was cremated with state honours

गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि क्षमता विकास तालिम

बर्दिया । बर्दियाको गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’