२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

पोखरा उद्योग वाणिज्य सङ्घको टोलीले गर्यो निर्माणाधीन विमानस्थलको निरीक्षण



पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको टोलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । पर्यटकीय नगरी पोखराको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिएको विमानस्थलको निर्माणमा चासो दिदै सङ्घले शुक्रबार स्थलगत निरीक्षण गरी भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको हो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला नेतृत्वको टोलीले निर्माणमा भइरहेको प्रगति, त्यसको अवस्थालगायतका विषयमा जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए।

प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराए। सङ्घका अध्यक्ष कोइरालाले विमानस्थल निर्माणका लागि पोखरा उद्योग वाणिज्य सङ्घले २०३३ सालदेखि गरेको पहल र त्यस यताका रिले अनशनलगायतको स्मरण गर्दै निर्धारित मितिमा विमानस्थल सञ्चालनमा आउनुपर्नेमा जोड दिए।

विमानस्थल तोकिएकै मितिमा सञ्चालनमा आए कोरोनाका कारण थलिएको पर्यटन व्यवसायसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने उनको भनाइ छ

। विसं २०३२ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले विमानस्थल निर्माणका लागि समयसमयमा प्रधानमन्त्री, पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल एवं अन्तक्र्रिया गर्दै आएकामा निर्माण कार्य अघि बढ्न नसकेपछि सङ्घले बाध्य भएर विसं २०६८ मा रिले अनशनको नेतृत्व गरेको थियो ।

सङ्घको अगुवाइमा भएको रिले अनशनमा पोखराका अधिकांश सङ्घसंस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य सङ्घले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १२ : ०८ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको