बुटवल । बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।
बुटवल टेवल टेनिस एकेडेमी बुटवल ११ देविनगरको आयोजनामा हुन लागेको प्रतियोगिता तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
स्कुल देखि नै खेलाडि उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अन्डर १४ व्याईज सिंगल, अन्डर १८ व्वाईज सिंगल, मेन्स ओपन र ओमेन्स ओपनका खेलहरु सम्पन्न हुनेछन् । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा हुने प्रतियोगितामा १ सय ५० टिमको सहभागिता हुने कार्यक्रम संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा ओपन तर्फ प्रथम हुनेले नगद १० हजार, द्धितियले ५ हजार तथा तृतियले २५ सय प्राप्त गर्नेछन् । त्इसैगरी ओमेन्स ओपन तर्फ प्रथमले ५ हजार, द्धितियले २५ सय र तृतियले १५ सय प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
यसैगरी अन्डर व्याईज सिंगल प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय र तृतियले क्रमश नगद २ हजार र १ हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्डर १८ व्वाईज सिंगमा प्रथम हुनेले ४ हजार, द्धितिय हुनेले २ हजार र तृतिय हुनेले १ हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई ले लिङ र डिएचएसले प्रायोजन गर्ने भएको छ ।
प्रतिक्रिया