२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने



वासिङ्टन । अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनेभएका छन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका छन्।

राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्न थालेका छन् । उनले नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको घोषणा गरेका थिए ।

बाइडेनको विजयलाई रोक्ने गरी कंग्रेसमा राष्ट्रपति ट्रम्पका समर्थकले आक्रमण समेत गरेका थिए । यस घटनामा संसद भवनभित्र र बाहिर गरी पाँच जनाको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्रेट पार्टीले राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने तयारी गरिरहेका छन् ।

तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्रेटले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने चेतावनी दिएकी छिन् ।

यद्यपी यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन । तर विभिन्न संचार माध्यमले उपराष्ट्रपति पेन्सले अमेरिकी इतिहासमै हालसम्म प्रयोग नभएको संविधानको त्यस प्रावधानलाई प्रयोग नगर्ने बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : ५० बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको