२ माघ २०८१, बुधबार | January 15, 2025

ब्रिटिस कलेजमा बीएचएम विषयको पढाई सुरु



काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको सुरुवात भएको छ । लामो समयदेखि गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाई सुरु गरेको हो ।

शुक्रबार कलेजको हलमा भएको एक औपचारिक कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशी तथा व्यवस्थापक, कर्मचारी र शिक्षकहरुले नयाँ विषयको पढाईको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रममा हस्पिटालिटी क्षेत्र, मिडियाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

बिजनेश विषयको पढाइको लागि प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा आफूलाई स्थापित गरेको कलेजले हस्पिटालिटी विषयमा पनि उदाहरण बन्ने विश्वास लिएको छ । चार वर्षको यो विषयको पढाईपछि उच्च तहको पढाईका साथै सिधै व्यवसायिक काममा प्रवेश गर्न सक्ने कलेजको विश्वास छ ।

हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । यस क्षेत्रमा हरेक वर्ष करिब ७० लाख जागिरको अवसर हुने अनुमान गरिएको छ । ब्रिटिस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षाको कारण सिधै यो क्षेत्रमा प्रवेश गर्न सक्नेछन् । जसको लागि कलेजले विद्यार्थीहरुले रोजेको हस्पिटालिटी तथा पर्यटन क्षेत्रहरु होटल, रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, उड्ययन लगायतको क्षेत्रको बारेमा भरपुर जानकारी दिनेछ ।

सैद्धान्तिक र व्यवहारिक पढाईलाई उत्तिकै जोड दिइने यो विषयको पढाईको लागि दक्ष तथा अनुभवी शिक्षकहरुको व्यवस्था गरेको छ । साथै हरेक विद्यार्थीहरुलाई ध्यान दिन सक्ने गरि एउटा कक्षामा थोरै विद्यार्थीहरुलाई राखिने व्यवस्था मिलाईएको छ । त्यस्तै, प्रयोगात्मक कक्षाको लागि कलेजले अत्याधुनिक किचन, रेष्टुरेन्ट तथा रिसेप्सनको संरचना पनि तयार गरेको छ ।

पढाईकै दौरान विद्यार्थीहरुलाई हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विभिन्न क्षेत्रको भ्रमणमा पनि लगिनेछ । साथै, विद्यार्थीहरुलाई प्रतिष्ठित हस्पिटालिटी क्षेत्रमा एक वर्षको लागि इन्टर्नसिपको व्यवस्था समेत मिलाइएको छ । सो इन्र्टनसिपले विद्यार्थीहरुको कार्य क्षमतालाई अझै बढावा दिने कलेजको विश्वास छ ।

त्यस्तै, ब्रिटिस कलेजमा यो विषयको अध्ययन गर्ने विद्यार्थीहरुले बेलायतको विश्वविद्यालयमा गएर पढाई सक्ने सुविधा समेत पाउनेछन् । बेलायतको पछिल्लो नियमानुसार यो विषयको पढाइ बेलायतमै थप दुई वर्ष गरिसकेपछि विद्यार्थीहरु दुई वर्षको लागि वर्किङ भिसा प्राप्त गर्न योग्य हुनेछन् । सो अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : २२ बजे

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको

प्रीति आत्रेय ज्ञवालीको मणिराम लोकार्पण

बुटवल । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति

सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा