काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग गरेका सहमतिले आफ्नो ब्रिफकेस भरिएको बताएका छन ।
सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै उनले भने, “प्रचण्डसँगका सहमतिले मेरो ब्रिफकेस भरिएको छ।”
प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले पदको कुण्ठा र शक्तिको अभिलाषाले नेकपामा विभाजन गराएको आरोप लगाए । उनलेले नेकपा फुट्नुमा प्रचण्ड जिम्मेवार रहेको बताए ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक संविधान बनाइसकेको अवस्थामा मिलिसकेको पार्टी फुट्न आवश्यक नरहेको बताए । ओलीले भने, चुनावमा मैले ४० प्रतिशत दिँदा उहाँमा उत्साह देखियो । तर, उहाँ मलाई नै हटाउन लाग्नुभयो ।
ओलीले प्रचण्डले चुनाव जितेको सवा दुई महिनासम्म आफूले प्रधानमन्त्रीका लागि चयन हुन नपाएको भन्दै त्यतीबेला नै प्रचण्डले सरकारका लागि कांग्रेससँग वार्ता गरेर आफूसँग बार्गेनिङ गरेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले भने, बामपन्थी मिलेर चुनाव लड्ने अनि दक्षिणपन्थीसँग सरकार बनाउन खोज्ने रु यो प्रचण्डको कस्तो चरित्र हो ? अहिले उहाँ बहुमत छ भन्दै हुनुहुन्छ । दुईटा मिल्दा पार्टीभित्र मेरोविरुद्ध बहुमत पुग्नेगरी मैलेनै दिएको हो । मलाई थाहा छैन के अवस्था छ भन्ने ?
प्रतिक्रिया