काठमाडौ । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । बैठकले भोली देखिनै प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध कार्यक्रम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
यस्तै बैठकले पुस १० गते बसै केन्द्रीय सदस्यहरु माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
यस्तै ११ गते सातै प्रदेश कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठे बताए । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला गर्ने भएको छ ।
प्रतिक्रिया