९ बैशाख २०८२, मंगलबार | April 23, 2025

म्याग्दीको अन्नपूर्ण गाउँपालिका पहिलो पटक पुगे चिकित्सक



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् ।

गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उनले भने, “कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।”

नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् । कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् ।

मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रु १० लाखका दरले बजेट पठाएको थियो ।

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । मन्त्रालयले रु चार लाख ५० हजार तलब, रु ५० हजार औषधि र रु पाँच लाखको शय्यासहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोवामा अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गरेको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १२ रोपनी ७ आना २ दाम क्षेत्रफलको जग्गामा अस्पताल बनाउन जिल्लास्तरीय जग्गा मूल्याङ्कन समितिले निर्णय गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।

दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी ३ पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी ८ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी ४ आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी २ आना र टीकाबहादुर पुर्जाले साढे २ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

यसैगरी औलामा प्राथमिक स्वास्थ्य केन्द्र सरहको भवन निर्माणका लागि हाल हिस्तान स्वास्थ्य चौकीको भवन परिसरमा स्थानीयवासीले उपलब्ध गराएको जग्गा छनोट गरिएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष कुमबहादुर पुर्जाले पाँच जनाले पाँच रोपनी जग्गा उपलब्ध गराएको जानकारी दिए ।

हर्कबहादुर गर्बुजाले दुई रोपनी १२ आना, हर्कराज पुर्जाले १४ आना, सिरप्रसाद पुर्जा पुनले १५ आना, शेरबहादुर पुर्जा र प्रेमशोभा पुर्जाले एक रोपनी जग्गा उपलब्ध गराएका हुन् । हाल पाँच रोपनी क्षेत्रफल रहेको स्वास्थ्य चौकीको भवन परिसरमा रहेको थप पाँच रोपनी जग्गा प्राप्त भएको पुर्जाले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइ ९भवन० बागलुङका प्रमुख उमेश चौधरीले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार स्तरोन्नति हुने स्वास्थ्य चौकीको भवन विस्तार गर्न लागिएको बताए । जग्गा प्राप्ति प्रक्रिया पूरा भएपछि डिजाइन तयार पारेर ठेक्कामार्फत भवन बनाउने उनले बताए ।

विसं २०७२ को भूकम्पले स्वास्थ्य चौकीको पुरानो भवन जीर्ण बनाएको थियो । गत वर्ष शहरी आवास तथा भवन निर्माण सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले ठेक्कामार्फत रु एक करोड ३१ लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको थियो ।

दुई तले भवनको भुइँतला स्वास्थ्य चौकीको सेवा प्रवाह र प्रशासनिक कक्ष तथा माथिल्लो तलामा दुई परिवारका लागि आवास कोठा छन् । रासस

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ५४ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा