काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक पुस ५ गते बस्ने गरी स्थगित भएको छ ।
बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारि गरेको प्रेस नोट अनुसार अब सबै संवैधानिक नियुक्तहरु समेत सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ ।
सापकोटाले बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने बताउँदै राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराएका छन् ।
प्रतिक्रिया