१४ आश्विन २०८१, सोमबार | September 30, 2024

मानवअधिकार दिवसको उपलक्ष्यमा रक्तदान



बुटवल । विश्व मानवअधिकार दिवसको अवसर पारेर राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, रुपन्देहीले बुटवलमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मावन जिवन रक्षाको लागि अति महत्वपूर्ण कुरा रगतको कमी भएर कुनै नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मान्यतासहित रगत संकलनमा संस्थाको पनि भूमिका रहोस भन्ने मान्यता बोकेर सो कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष राजु बञ्जाडेले बताए ।

महामारीमा मानवअधिकार स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने नाराका साथ रक्त सञ्चार केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ८१ युनि रगत संकलन भएको प्रतिष्ठानका सचिव कमल नेपालले जानकारी दिए । कार्यक्रममा सहभागी रक्तदाताहरुलाई कार्यक्रम संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष मेघ बहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको समापनमा धन्यवाद दिर्दै संयोजक अधिकारीले रक्तदानमा सहभागि सबैप्रति आभार तथा रक्त संचार केन्द्रलाई धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ५३ बजे

विपदमा नेपाललाई सघाउन पाकिस्तान तत्पर

काठमाडौं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा

लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको

गर्भावस्थाको समयमा महिलाको मस्तिष्क बारे महत्वपूर्ण अध्ययन

काठमाडौँ । एक वैज्ञानिकले आत्म-अध्ययन मार्फत गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो

म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र