३० कार्तिक २०८१, शुक्रबार | November 16, 2024

फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि निवेदन



नयाँदिल्ली । दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग )डिसिजिआइ) समक्ष आवेदन दिएका छन् ।

भारतमा फाइजर कोभिड–१९ का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो ।

विभागका एक अधिकारीले भने, “फाइजर इन्डियाले फाइजर–बायोएनटेकको कोभिड–१९ भ्याक्सिन भारतमा आयात र वितरण गर्न अनुमतिका लागि आवेदन दिएको छ ।”

यद्यपी खोप भण्डार गर्न आवश्यक पर्ने माइनस ७० डिग्री सेल्सियसको अत्यन्त कम तापमानले भारत जस्ता मुलुकमा यसको वितरणका लागि ठूलो चुनौती छ ।

फाइजरले खोपको आपतकालीन प्रयोगका लागि यस किसिमको अनुमति बेलायत र बहराइनमा पाइसकेको छ ।

“प्रतिज्ञा गरेझैं सन् २०२० को अन्त्य हुनुअघि नै भारतमै निर्मित खोप कोभिसिल्डको आपतकालीन प्रयोगका लागि सेरमले आवेदन दिएको छ । यसले असंख्यको ज्यान बचाउनेछ । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनीहरुको अमूल्य सहयोगका लागि धन्यवाद दिन चाहन्छु,” एसआइआइका प्रमुख अदार पुनावालाले एक विज्ञप्तिमा भनेका छन् ।

हाल, भारतीय स्वास्थ्य अनुसन्धान परिषदद्वारा सह–प्रायोजित कोभिसिल्डको तेस्रो चरणको क्लिनिकल परीक्षण देशका विभिन्न भागमा संचालनमा छ ।

एसआइआइले विशाल औषधि उत्पादक कम्पनी अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयसँग कोभिसिल्डको उत्पादनका लागि साझेदारी गरेको छ ।

पुनावालाले भारत सरकारले एसआइआइबाट उत्पादित कोभिड–१९ का खोप ३० करोडदेखि ४० करोड डोज खरिद गर्ने बताए । यस कम्पनीले हाल प्रति महिना ५० देखि ६० लाख डोज उत्पादन गरिरहेको छ र अर्को वर्ष सन् २०२१ को जनवरीदेखि प्रति महिना १० करोड डोज उत्पादन गर्ने योजना छ ।

कोभिसिल्ड खोपलाई २–८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिन्छ ।

भारत सरकारले देशको सबैभन्दा ठूलो खोप अभियान संचालनका लागि पूर्व तयारी शुरु गरिसकेको छ ।

हाल, भारतमा पाँच किसिमका कोभिड–१९ खोपहरु विकासको लगभग अन्तिम चरणमा पुगेका छन् ।

गत हप्ता भारतीय प्रधानमन्त्री मोदीले विज्ञहरुले भनेबमोजिम केही हप्ताभित्रै खोप तयार हुने बताउनु भएको थियो ।

यसैबीच, भारतमा कोरोनाभाइरस संक्रमितको संख्या मंगलबारसम्म ९७ लाख पुगेको छ । भारतमा १ लाख ४० हजार ९९४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ११ : ४३ बजे

अल्फाबिटाले नेपालगन्जमा शाखा विस्तार गर्दै

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगन्जमा पनि

कार्तिक शुक्ल पूर्णिमा : चर्तुमास व्रत विधिवत् समापन

काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि विधिवत् सुरु भएको चतुर्मास व्रत

भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम