५ चैत्र २०८१, मंगलबार | March 19, 2025

मृत्यु फूल



नितान्त धूलाम्य भुईमा यमराजको आगमनलाई कुरेर छटपटाइरहेकी थिई,दुःखान्त चार वशन्त कटाएकी बालिका लीलावती । निर्दयी पापी परिवारबाट मुक्ति पाएर मृत्युको अनन्त यात्राको उडान भर्न उसको कलिलो देहलाई कोशे ढुङ्गा भएको थियो ।

बाक्लै पानाहरु थिए, शीर्णकाय त्यो देहको कितावमा । उसको दुःखान्त, निर्मम कथाले भरिएको । धरतीमा अवतरण हुँदा उसको मानव शरीर भित्र सम्भाव्यताको सिंगो संसार अटाएको थियो । मानव चेतले भरिएको कालो,सेतो छुट्याउने उसको मस्तिष्क थियो । रुने,रुवाउने, हाँस्ने हँसाउने उसको आत्मा थियो । अनि सिंगो भविष्य थियो, विविध सम्भावनाहरु अटाएको किताव थियो उसको देहमा पनि, अरु आम मानिसको जस्तै । त्यही कितावको गाता जस्तै पातलो छालाले लपेटिएको माँसविहीन अस्थिपन्जर थियो, उसको शरीर । पानी सुक्नै लागेको रिक्त इनार झैं आँखा थिए उसका ।

कथाकार

पैला बेते सन्तानको रुपमा त्यो लीलावती जन्मिदा खुशीले गदगद थिई उसकी आमा मनिसरा,प्रसव पीडा विर्सिएर । छोरी भएकोमा बाबुचाहीँ त्यति खुशी नभए तापनि । कति अभिलाषाहरु जन्मेका थिए,सांसारिक जीवनसंगै उसका । कति आकांक्षाहरु जन्मेका थिए,त्यो ममताको सागरमा । आम आमाहरुका ममता,बात्सल्यता र अभिलाषा जस्तै । कति उमंगहरु जन्मेका थिए, उसको छातिमा । विचरी आपूm यति चाँडै मर्छु र आफनो सन्तान–छोरी टुहुरी बनेर प्रत्येक श्वाससंग,प्रत्येक धडकनमा महिनौंसम्म तड्पिएर मृत्युवरण गर्ली भन्ने सोचेकी थिइन बिचरी मनीसराले ।

प्रकृतिको दुरुह विधान । जन्मसंगै मृत्युको टिकट भिडाई पठाउने,प्रकृतिको विधि । तर त्यसको गन्तव्य थाहा भए पनि तिथि मितिको अग्रीम जानकारी नहुँदा मान्छेहरु महत्वाकांक्षा, दम्भ,अभिमानको पिरामिड चुलिएर गगनचुम्बी हुँदो रैछ । अनिश्चियको चक्रव्यूहमा फसाइएको हुँदोरैछ मान्छेहरुलाई । मान्छेहरुलाई अवश्यम्भावी मृत्युले हृदय चिस्याएको भए शायद मपाईको दम्भमा तड्पिने थिएनकि मानिस ? स्वार्थको रौरवतामा भासिने थिएनकि मानिस ?

बिहे गरी ल्याएको थियो धनबीरेले मनीसराका बाबुआमालाई धक्कु लगाई—लगाई । नयाँ जीवनको सुन्दर फूल देखाएर स्वार्थको अन्तरङ्गमा मनिसराको ढलपलाउदो कुर्कुरे बैंश लुटेको थियो धनवीरे मगरले ।

बिहे पश्चात के मात्रै कर्तव्य बाँकी राखी र विचरी मनिसराले ? गोठदेखि खेतीका मैदानसम्म,चुलोचौकोदेखि लोग्नेको विस्तरासम्म,ढिक्की जाँतोदेखि सासुबाट हुने प्रहारको ताँदोसम्म यावत कार्यमा चुर्लुम्ब डुबेकी थिई मनिसरा, उदयचल देखि अस्तयचलसम्म । अनि लोग्नेलाई खुशीको ओछ्यानमा राखेर प्रणयको बिशाल सामुद्रिक डुंगामा सयर गराई उसले । आदर्श पत्नीको भूमिका निभाउने क्रममा । विचरी उसलाई आशाको गहिराईमा मृत्युको मौनता लुकेकोछ भन्ने के थाहा ?

सोझी मनिसराले दुनियाको अर्को पट्टीको पाटो पल्टाई हेर्ने चेष्टै गरिन । मानौं उसको पवित्रतामा कल्मषता चियाउने दृष्टिपात नै थिएन । आदर्शनारी सती सावित्री मात्र बुझेकी उसले यही परिवेशमा पुतना,होलिका र सुर्पणखाँहरु प्नि हुन्छन् भन्ने बुझेकै थिइन । संसारलाई राम्रो बुझनै नपाई गै बिचरी, असामयिक, मृत्युपूmल टिपेर । एकै दिनको औलो ज्वरोले,तीन बर्षकी छोरी लीलालाई चुटुक्कै छोडेर,टुहुरी पारेर गई विचरी मनिसरा । अकल्पनीय मृत्यु बरण ।

धनबीरे मरेको भए मनीसरा बिधवा बनेर श्वेतबस्त्रभित्र शोक रोइरहेको हुन्थ्यो, परपुरुषको अनुहार नदेखिनेगरी । पतिको सतमा बस्थी । बस्नै पथ्र्यो उसले, सांस्कारिक खोट बचाउन । नबसे परिबेसका सारा समाज खनिएको तिरस्कारको सामना बोक्नु पथ्र्यो,उसले । अन्यथा धिक्काथ्र्यो, सामजले उसलाई । उपेक्षा गथ्र्यो । उपहास गथ्र्यो । थुक्थ्यो ।

धनबीरे मरेको भए मनीसरा बिधवा बनेर श्वेतबस्त्रभित्र शोक रोइरहेको हुन्थ्यो, परपुरुषको अनुहार नदेखिनेगरी । पतिको सतमा बस्थी । बस्नै पथ्र्यो उसले, सांस्कारिक खोट बचाउन । नबसे परिबेसका सारा समाज खनिएको तिरस्कारको सामना बोक्नु पथ्र्यो,उसले । अन्यथा धिक्काथ्र्यो, सामजले उसलाई । उपेक्षा गथ्र्यो । उपहास गथ्र्यो । थुक्थ्यो । तर धनबीरेलाई त जति स्वास्नी ल्याए पनि छुट थियो,सामाजिक संस्कारले दिएको सम्मान । अन्यथा बैंश अवरुद्ध हुने र सन्तानोत्पादनको निउमा स्वतः अर्की स्वास्नी भित्र्याइहाल्थ्यो । सामाजिक कथित बाध्यता । पितृसत्तात्मक संस्कारको विधि विधान ।
०००
मनीसरा मर्ने वित्तिकै नयाँ दुलहीको खोजीमा हिंड्यो धनबीरे —खोक्रो वास्तविकता लिएर । रुढीको थोत्रो उत्कण्ठा बोकेर । भित्र्याई पनि हाल्यो नयाँ दुलही शैब्यालाई ।

केही कालसम्म त खुम्चिएको निधार र भाँच्चिएको ओठ लेप्राउर्दै एक दुई वटा रोटी वा अरुले खाएर बचेको दुई चार गास जुठो मकैको आँटो कुकुरलाई कलो हु–र्याए झैं हुर्याउथी लीलावतीलाई,निर्ममतापूर्वक । समय र श्रृष्टिक्रम । त्यसपछि आफूबाट पनि पैदा भए, धमाधम बर्षौटे ।

एक धर्सो त्रास रहँदासम्म त उपेक्षाकी पात्रा बिचरी लीला हरेक आज्ञा पालनको मैदानमा घस्रिरहन्थी । अब त उसको आहारा भाग घटदै गयो,घटदै गयो, एक रोटी ,आधारोटी गर्दै उठेर जुठो थालका सिता सोर्न पनि नपाएपछि, नसकेपछि, जीवन चलाउने ऋतुका वहारहरु सबै निख्रिएर एक त्यान्द्रो त्राण पनि सकिएपछि इन्धन सकिएको गाडी जस्तै थचक्कै बास बसे, अत्यन्त अभागी लीलावतिको सारा शारीरिक अवयवहरु । तेल सकिएको बत्ती झैंँ झुण्डिएको कङकालभित्रको एक मुुठी श्वासप्रश्वासमा टेकेर आशाको स्वीरो सोझाउँदै टुलु टुलु हेर्र्दै “पानी..पानी.. पानी भन्दा भन्दा निःशुल्क एकमुठी पानी पनि नपाएर भुर्रर उडी, मृत्युफूल टिपेर, विचरी लीलावति । समाप्त भयो उसको दैहिक लीला, जीवनको काया । “भोक लाग्यो बा, भोक लाग्यो आमा”भन्ने उसका आवश्यकता र आशाहरु सुकेनास लागेको जीवनको कायासंगै सकियो । मानौँ यस भू मण्डलबाट एउटा औदय ताराको अस्त भयो ।

एक धर्सो त्रास रहँदासम्म त उपेक्षाकी पात्रा बिचरी लीला हरेक आज्ञा पालनको मैदानमा घस्रिरहन्थी । अब त उसको आहारा भाग घटदै गयो,घटदै गयो, एक रोटी ,आधारोटी गर्दै उठेर जुठो थालका सिता सोर्न पनि नपाएपछि, नसकेपछि, जीवन चलाउने ऋतुका वहारहरु सबै निख्रिएर एक त्यान्द्रो त्राण पनि सकिएपछि इन्धन सकिएको गाडी जस्तै थचक्कै बास बसे, अत्यन्त अभागी लीलावतिको सारा शारीरिक अवयवहरु ।

खडेरी लागिसकेको थियो उसको नियतिमा । ओइलाइ सकेका थिए सबै आशाहरु । भत्की सकेका थिए सबै सम्भावनाहरु । मक्कीसकेका थिए सबै जिजीबिषाहरु । उसको अन्तिम एउटै विकल्प थियो, केवल मृत्यु फूल ।

उसको विवेकशून्य लाछी, बाबु नामको नरपशुले एकक्षण पुलुक्क हेरेर भृकुटी खुम्चाएपछि लीलाको पार्थिव शरीरबाट चुनौति टल्किएका आँखाको ढकनी बन्द गरिदियो । लीलाले इहलौकिक संसारमा तुर्लुङ्ग झुण्डिएको देह त्याग गरेपछि पहिलेदेखि प्रतीक्षारत शैव्या नामकी सौतेनी आमा पुतनाको हड्डी हाँसिरहेको थियो । अर्थात हृदयमा खुशीको उन्माद भरेको थियो, लीलालाई संसारदेखि धकेल्न पाएकोमा ।

००००
कठैबरा, लीला ! तिमी पनि यो संसारमा उदाएकी एउटी मानव थियौ । विशाल ब्रह्माण्डको एउटा चम्किलो तारा तिमी पनि थियौ, इतिहासमा चम्किएका अन्य नारी झै । तिमी उदाउँदा असंख्य सम्भावनाहरु बोकेर उदाएकी थियौ । अरुको सन्तान झैँ तिमी पनि बाबु आमाको काखमा, माया र ममताको रेशममाथि बालसुलवताको झोलुङ्गोमा झुल्ने थियौ । झोला बोकेर स्कूलमा जाने थियौ, स्कूलबाट आएपछि “मम्मी,दैदी,मम्मी दैदी मैले धेलै पलेर आएँ इच्कुलमा । म छप्पै भनिदिन्थु ,ए फोल एप्पल बी फोल व्वाई ..जेद फोल देव्ला ..। मिसले भन्नु भाको धेलै पलेर थूलो मान्छे बन्छु ।” बाबु आमासंग बहुमूल्य खेलौनादिको माग दाबी गर्ने उमेर थियो,तिम्रो पनि ।
तिम्रो जीवनले पनि वशन्तको सपना देखेको थियो होला । अन्तरिक्षमा उडान भर्ने सपना देखेको थियो होला । भूमण्डलमा बसेर सुनौलो इतिहास कोरेको देखेको थियो होला, तिम्रा सपनाले । जन्मभूमिको नयाँ नक्शा कोरिरहेको थियो होला तिम्रो सपनाले । कल्पना त तिमीभन्दा धेरै टाढा थियो । तर के गथ्र्यौ तिम्रो रगतको जरो नै कुसंस्कारको अँध्यारोमा अल्झिएको अकर्मण्य,अमानुषिक भएपछि अभिसप्त तिमी, हावामा नाङ्गै उभिएकी तिमी अन्ततः पग्लिएर घामसंगै विलीन भयौ । मपाईवादी पाखण्डी समाजले आकार दिने तिम्रा सारा सपनाहरुलाई वीचैमा सिसा जस्तो चकनाचुर पा-यो ।

जाउ अब तिमी मानव वस्तीको मियोमा अल्झिएको बेचैन ज्वारभाटाबाट तिमी श्वासमुक्त भयौ । बाइ बाई लीलावती बाई बाई ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : २१ बजे

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपुर । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका

बुबा र दाजुबाट यौन दुर्व्यवहार : महानगरको प्रतिवेदन बन्यो जाहेरी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा