३० चैत्र २०८१, शनिबार | April 12, 2025

रुपन्देहीमा श्रोत नखुलेको २४ लाख सहित १ जना पक्राउ



रुपन्देही प्रहरीले श्रोत खुल्न नसकेको २४ लाख रकम सहित एकजनालाई पक्राउ गरेको छ । भारतको सुनौलीबाट नेपालको भैरहवा आउँदै गरेका रुपन्देहीको सम्मरीमाई गाउंपालिका-६ का प्रमोद कुमार गुप्तालाई प्रहरीले श्रोत नखुलेको २४ लाख सहित पक्राउ गरेको हो ।

गुप्ताले चढेर आएको लु.४३प १२३१ नम्वरको मोटरसाईकल तथा गुप्तालाई भैरहवा बसर्पाक ननिकै नियमित प्रहरी चेकजाँचको टोलिले खानतलासी गर्दा उनीबाट सो रकम बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । मोटरसाईकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको बोरामा बण्डल बनाएर ल्याएको ५०० र १०००को नेपाली नोटको गड्डी फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरीले गुप्तासँगबाट नेपाली रुपैयाँ ५००।– दरको नोट थान २६०२ थान बाट हुन आउने १३,०१,०००। (तेह्र लाख एक हजार) तथा १०००।– दरको नोट थान १०९९ थानबाट हुन आउने रु.१०,९९,०००। (दश लाख उनान्सय हजार) गरी जम्मा २४,००,०००।–्(चौविस लाख रुपैया) बरामद गरेको छ ।

नगद सहित प्रहरी नियन्त्रणमा रहेका गुप्तालाई सोधपुछ गर्दा सो रकमको श्रोत नखुलेका हुँदा हिरासतमा राखि गुप्ताको अनुसन्धान भईरहेको डीएसपी सत्यनारायण थापाले बताए । उनीसंग भेटिएको रकमको श्रोत नखुलेपछि गुप्तालाई थप अनुसन्धान सहित कारवाहीका लागि बुटवल स्थित आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाईएको प्रहरीले जानकारी दिएको छ । ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : २० बजे

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया