१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

इलाममा आलु बीउको हाहाकार भएपछि किसान चिन्तित



इलाम । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाहाकार भएपछि किसान चिन्तित देखिएका छन् । कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो ।

गएका वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो । “राम्रो भाउ आएकाले आलु बेचियो तर अब हिउँदमा रोप्ने आलु छैन”, सन्दकपुर गाउँपालिकास्थित माईमझुवाका किसान गङ्गा गुरुङले भनिन्, “गएका वर्षहरुमा हिउँदमा रोप्ने घरमै हुन्थ्यो तर यसपटक भने कहाँबाट बीउ ल्याएर रोप्ने समस्या भएको छ ।” गुरुङका अनुसार यस वर्ष विगतमा भन्दा आलु उत्पादन बढेको थियो ।

गत साल किसानले प्रतिमन रु एक हजारमा आलु बेच्नुपथ्र्यो तर यसपटक प्रतिमन रु तीन हजारमा आलु बिक्यो । किसानले माघदेखि फागुनको मध्यसम्ममा हिउँदे आलु रोप्ने गर्छन् । उत्पादनका हिसाबले पनि अन्य यामको भन्दा उल्लेखनीय मात्रामा यो याममा आलु फल्छ । पहाडी क्षेत्रमा मुख्य सब्जी का रूपमा आलु प्रयोग हुन्छ । यो यामको आलुलाई धेरै गोडमेल र सिँचाइ पनि गर्नु नपर्नाले किसानले प्रशस्त मात्रामा हिउँदे आलु रोप्ने गरेका थिए ।

गएको वर्ष २० मन हिउँदे आलु लगाएका माईजोगमाई गाउँपालिकाका अन्नप्रसाद राई यसपटक नगन्य मात्रामा बीउ रहेको बताउँछन् । “घरमै आएर व्यवसायीले धेरै मूल्य दिने भनेपछि सबै बेचिहालियो, अब रोप्ने बीउ नै छैन”, राईले भने, “हिउँदे आलु नरोपी बर्खे मात्र रोपौँ कि भन्ने सोच्दैछु ।”

किसानले फागुन-चैतमा रोप्ने हिउँदे आलु जेठको अन्तिम असार मध्यसम्ममा उत्पादन हुन्छ । आलुको उत्पादन उठाएर अन्य खेती गर्न सकिने भएकाले पनि किसाले प्रायः हिउँदे आलुको खेती गर्छन् । रासस

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : ०४ बजे

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा महोत्तरीको रेल्वे ट्रयाकमा कार्यरत सशस्त्रका सई पक्राउ

काठमाडौं । महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा

कोहलपुरमा जिपको ठक्करबाट वृद्धको मृत्यु, सुनवलबाट जिप सहित चालक पक्राउ

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल

शंखमुलमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । शुक्रबार बिहान शंखमुलमा इनारमा खसेका एक व्यक्तिको सकुशल

मानवसेवा आश्रमको महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

सर्लाही । मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सर्लाहीको हरिवन