२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको पूर्ण सम्मान : चिनियाँ रक्षामन्त्री वेइ



काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर  एवं रक्षामन्त्री वेइ फेङहे एक दिने नेपाल भ्रण पुरा गरेर आइबार साँझ फर्किए । रक्षामन्त्री वेईको नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरे ।

नेपाल पक्षबाट भ्रमणबारे त्यति प्रष्ट जानकारी नदिइए पनि चिनियाँ पक्षबाट भने भ्रमणबारे जानकारी प्रकाशित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी निकट ग्लोबल टाइम्स पत्रिकाका अनुसार भेटका क्रममा दुवै देश द्विपक्षीय सम्बन्ध एवं रक्षा सहकार्यलाई मजबुद बनाउन सहमत भएका छन् ।

ग्लोबल टाइम्सको अनलाइन संस्करणले सोमबार बिहान अपडेट गरेको समाचार अनुसार राष्ट्रपति भण्डारीले कोभिड १९ को प्रकोप नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी छिन् । राष्टपति भण्डारीले नेपालको आर्थिक विकास एवं सामाजिक स्थिरताका लागि चीनको दृढ समर्थनको सराहना पनि गरेकी छिन् । भण्डारीले नेपाल बेल्ट और रोड इनिशिएटिभ बीआरआईमा सक्रिय रुपमा भाग लिएको बताउँदै रक्षासहित सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई मजबुद बनाउन चीनको साथ मिलेर काम गर्न तयार रहेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

राष्ट्रपति कार्यालयले आइबार साँझै विज्ञप्ति प्रकाशित गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान गर्दै आएकोमा राष्ट्रपति भण्डारीले चीनको सराहना गरेको जनाएको थियो । त्यसअवसरमा राष्ट्रपति भण्डारीले वेइको भ्रमण नेपाल र चीनबीच सदियौंदेखि रहँदै आएको प्रगाढ सम्बन्ध थप सदुृढिकरण गर्न कोशेढुंगा बन्ने विश्वास व्यक्त गरेकी थिइन ।

यसैगरी ग्लोबल टाइम्सका अनुसार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले वेइको भ्रमणपछि दुई देशबीचको सैन्य सहयोगलाई अझ मजबुद बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष अघि कुटनीतिक सम्बन्ध स्थापित भएपछि मैत्रिपूर्ण सहयोग झन गहिरो बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सम्बन्धलाई अझ मजबुद बनाउने बताएका छन् ।

चिनियाँ रक्षामन्त्री वेइले चीन र नेपालबीचको सम्बन्ध रणनीतिक साझेदारीका लागि विकासित भएको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । वेइले नेपालले एक चीन नीतिप्रति लिएको समर्थनको प्रशंसा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता एवं क्षेत्रीय अखण्डताको रक्षाको सवालमा नेपाललाई चीनको दृढ समर्थन रहने प्रतिवद्धता जनाएका थिए ।

चीनले क्षेत्रीय शान्ति एवं स्थिरताका लागि अधिक योगदान दिन र दुवै मुलुकको हितमा लाग्न र नेपाली सेनालाई निरन्तर सहयाता एवं समर्थन गर्दै नेपालसँग अझ बढी घनिष्ट सम्बन्ध राख्न व्यहारिक सहयोगलाई थप मजबुद बनाउने समेत उनले बताएको ग्लोबल टाइम्ले ले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ०८ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका