१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई छैन : महासचिव पौडेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई नभएको चेतावनी दिएका छन् ।

महासचिव पौडेलले यतिबेला पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै एकअर्का नेतालाई खुइल्याउने गरी गैरराजनीतिक बहस गर्न छुट नभएको बताएका हुन् ।

बुटवल उपमहानगरका लागि पाल्पाको झुम्सा खानेपानी योजनाको शिलन्यास गर्दै पौडेलले जनताले स्थिरता चाहेको बेला गैरराजनीतिक कुरा उचालेर संकट पैदा गर्नु चिन्ता जनक भएको बताए । उनले नेकपामा बिग्रह भए नेकपा नरहने र त्यसले सिंगो मुलुकलाई नै हानी पुग्ने जिकिर गरे ।

पार्टीभित्रको अन्तरविरोधको समाधानले देशको विकास, समृद्धि र समाजवादको बाटो समय तय गर्ने बताउँदै उनले सरकार ढल्ने आशंका नगर्न सबैलाई आग्रह गरे ।

अर्थमन्त्रीसमेत रहेका पौडेलले तिनाउले राज्यसँग केही चिज माग्दा फुटकरमा होइन थोकमा माग्न आग्रह गरे । बुटवमा खानेपानीको संकट भएको जनाउँदै पौडेलले पहिला कमजोरी भएपनि अब विगतको कमजोरीबाट शिक्षा लिएर कामलाई अघि बढाइने प्रतिवद्धता जनाए ।

पौडेलले बुटवलको खानेपानीसँग तिनाउको विकास साट्ने विषय नभएको जिकिर गर्दै तिनाउलाई आफ्नै ढंगले विकास गर्ने वाचा गरे । उनले खानेपानी आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता पनि जनाए ।

अर्थमन्त्री पौडेलले सुरुङमार्गको पूर्वाधारका लागि सबै काम पुरा भएको जनाउँदै अब टेण्डरप्रक्रियामा जान लागेको जनाए । उनले सुरुङमार्ग निर्माण र सडकको स्तरोन्नती गरी बुटवल–तानसेनलाई आधा घण्टाको दूरीमा खुम्चाउने दाबी समेत गरे ।

 

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  २ : ११ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध