९ मंसिर २०८१, आइतबार | November 24, 2024

काठमाडौंकी चेलीको बिकट डोल्पामा बितेको दशैंतिहार



नेपाल बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । चाडपर्व वर्ष पिच्छे नै आए पनि, सदैव नयाँ उमंग लिएर आउछन् । सबै नेपालीले चाडवाड हर्षउल्लासका साथ मनाउँछन् ।

दशैं र तिहार नेपालीहरुको महान चाड हो । देश विदेशमा रहेका नेपालीहरुले चाडपर्व आफै बसेको ठाउँमा रमाइलो गरेर मनाउदछन् ।
कोरोना महामारीका बाबजुद पनि दशैं र तिहार सबैले मनाए । दशै तिहारबाट कोही अछुतो नरहेको कुरा सामाजिक संजालमा देखियो नै ।
म भने डोल्पामा भएकोले पहिले जस्तो गरेर घरमै बसेर आफन्तसँग रमाउँदै दशैतिहार मनाउन सकिन । म पहिलो पटक दशैतिहारमा घर बाहिर थिएँ । त्यसैले मन कता कता कुँडियो तर पनि आफूलाई सम्हालेँ ।

जसरी सुरक्षाकर्मीले दशैं मनाउन नपाउदा मनमा पीडा भएपनि मुस्कानका साथ आफ्नो कर्तव्य निभाइरहेका छन् त्यसरी मैले पनि आफ्नो मनलाई सम्हालेँ । म पनि देशकै सेवामा लागेको छु नि भन्ने भावना मनमा राखेँ । विगत चार महिनादेखि काठमाडौबाट आएर डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँको क्रिस्टल माउन्टेन आधारभूत विद्यालयमा देशको भविष्यका कर्णधारहरुलाई शिक्षा दिइरहेकी छु नि भन्दै मन दह्रो पारेँ । आफ्नो जिम्मेवारी सम्झदा खुसी भएँ ।

घर हुँदा घटस्थापनादेखि दशैं सुरु भएको अनुभुति हुन्थ्यो भने यहाँ त्यस्तो केही आभास भएन, सायद आफ्नो काममा व्यस्त भएर पनि होला ।

यहाँ अस्टमीको दिन सबै जना वनभोज जाने योजना भयो, तर म भने गइन । आफूलाई बिस्तारै चिन्दै थिए, सँधै घरभित्रै र घरबाट टाढा नरहेकी म, आफूलाई बुझेकी नै रहेनछु । त्यसै गरेर हावापानी पनि पचाउन अझै पनि गाह्रो भइरहेको नै छ । साथै केही स्वास्थ्य समस्या पनि आएको हुँदा वनभोज भने गइन । त्यस दिन घरबाट फोन आयो र भोलिपल्ट नवमीको दिन मामाघरमा पूजा लाउने निर्णय भएछ, हजुरआमाले ब्रत बस्न भन्नुभयो । घरबाट टाढा रहे पनि मैले ब्रत बस्ने निर्णय गरे ।

भोलिपल्ट नवमीको दिन थियो, ब्रतको दिन चोखो भइ बस्नुपर्छ भन्ने कुरा, हजुरआमाले सिकाउनु भएको थियो । बिहानै नुहाएर चोखो कपडा लगाउनु पर्दथ्यो । मैले केही गाह्रो साह्रो होला भनेर केही कपडा नलगाएरै राखेकी थिएँ । बिहानै उठी पानी तताउन तल भान्सामा गएँ, एकदमै चिसोको कारणले धाराको पानीले नुहाउन सम्भव थिएन । पानी तताउन तल झर्दा खानको लागि पानी तातिरहेको रहेछ, त्यहि लिएर नुहाउन लागेँ । घरमा पूजा भएकाले ननुहाइ चित्त नबुझ्ने भएकाले आफ्नो समस्या त्यहाँ भने र पानी लिए । त्यस दिन ब्रतबसे । साथीहरु पनि बस्नु भयो ।

हामी दिन भरि केही नखाइ बस्यौं, दिउँसो मेसेन्जरमा आमाले भिडियो कल गर्नु भयो । घरको पूजाआजा हेर्न पाउदा रमाइलो लाग्यो र आफू पनि त्यही भएर संलग्न भएको आभाश भयो । साँझमा आमाले पूजा सकियो भनि जानकारी दिनुभयो, र चोखो खाना बनाएर खायौं । सधै मेसमा खाने म त्यो दिन आफैले रोटी र आलु बनाएँ, तीन जना साथीहरु मिलेर खायौं ।

टिकाको दिन, दशैंको अन्तिम दिन रमाइलो माहोल हुँदा पनि कता कता के नभएको जस्तो लाग्यो । आफ्नो दायित्व पुरा गर्नुपर्यो ।, बिहान दुई कक्षा सञ्चालन भएपछि टिका लाउने कार्यक्रम आयोजना गरियो ।

विद्यार्थीहरुको लागि पनि विद्यालयमै यो पहिलो दशैंको टिका थियो, उनीहरु रमाइरहेका थिए । बाहिर सबै तरखर भएपछि र सबै जम्मा भएपछि टिका लाउने कार्यक्रम सुरु भयो । हामी सबैले शुभकामना आदान प्रदान गर्यौ । त्यति गरेपछि टिका सुरु भयो ।सबैलाई टिका लगाइ दिन थाल्यौं, आफ्नो कक्षा बाहेकका अरु विद्यार्थीहरु पनि टिका लगाउन आए । उनीहरुलाई टिका लगाउन पाउँदा खुसी लाग्यो, उनीहरु पनि रमाए । शिक्षकहरुमा म सबैभन्दा सानी भएकाले आफू भन्दा ठूलालाई टिका लगाइ मागेर आषिश मागेँ ।

मलाई नि पहिले भन्दा धेरै फरक लाग्यो, र म पनि त्यो माहोलमा हराए र रमाए । पहिलेको भन्दा फरकर मेरो जीवनकै अविस्मरणिय दशैं भयो यसपटक ।

मनलाई काठमाडौ दौडाएँ र सम्झे दशैंमा काठमाडौं सुनसान नै हुन्थ्यो, कोही मानिस हुदैन थिए । त्यति रमाइलो पनि हुदैन थियो । सबै आफ्नो घरमा रमाइलो गरेर बस्दथ्यौ । भने यस पटकको दशैंमा विद्यार्थीहरुलाइ टिका लगाएर आषिश दिइर मनायौ ।

जता भए पनि रमाउनु पर्ने 
जे छ त्यसैमा रमाउन सकेको खण्डमा जहाँ पनि रमाइलो र अविस्मरणीय हुँदोरहेछ ।

टिकाको साईतको टिका सबैको निधारमा परेपछि घरबाट फोन आयो, आषिश दिनुभयो र मसंगै भएका विद्यार्थीलाई पनि आषिश दिनुभयो । आषिश दिना संस्कृतमा श्लोकबाट दिनु भएको थियो, त्यो सुन्दा विद्यार्थीहरु अकमक परेपछि अनि मैले बुझाइदिएँ ।

यसैबीच तिहार पनि आयो । तिहार बत्तीको र रमाइलो चाड हो । तिहारमा काठमाडौं झिलिमिली हुन्थ्यो भने, बत्ती बाल्नका लागि पनि सोलारमा चार्ज गर्नुपर्छ । झिलिमिली बत्ती त ,कहाँ हुनु । एक दिन घाम लागेन भने भरे के बाल्ने हुँदोरहेछ । म त विद्यालय परिसरभित्र बस्ने भएतापनि हिउँ परेकोले गर्दा सोलारको प्यानलमा घामको प्रकाश र चाहिने तापक्रम नपुगेकाले बत्ती गइ रहेको थियो र जाँदै पनि छ ।

तिहार आएको पनि आभास नभइ तिहार पनि सकियो । घर भएको भए एक हप्ता अगाडिबाट घर सफा गर्ने रोटीका परिकार पकाउने सामान जुटाउने गरिन्थ्यो । यहाँ त चामलको अभावले त्यस्तो रोटीका विभिन्न प्रकार पकाउन गाह्रो रहेछ । तल सदमुकाममा बस्नेहरुले भने विभिन्न खालका सेलरोटी पकाउदा रहेछन् । त्यहाँ तराईबाट चामल आउने रहेछ । त्यसैले होला मैले घरमा आमा र हामीहरु मिलेर सेलरोटी बनाएको सम्झेर बसेँ ।

तिहाको पहिलो दिन घरमा फोन गर्दा आमाले सेल हाल्नु भएको रहेछ , भिडियो कल गर भन्नु भयो । अनि मैले भिडियो कल गरेर सेलरोटीका परिकार हेरे । मैले आमालाई सेलरोटी राखिदिन भने , तर आमाले आएपछि नै नयाँ बनाइ दिउला भन्नुभयो ।

भोलि लक्ष्मी पूजा रहेछ
धेरैले घर सिगारेको र रंगोली बनाएको फोटो सामाजिक संजालमा हालेको देखेँ । म पनि घरमा हँुदा त्यस दिन घर सफा गर्ने,घर सिँगार्ने गर्दथेँ । झलझली याद आयो । दिनभरि विद्यालय परिसरमा नै बसेर बित्यो । बेलुका पख विज्ञान प्रयोगशालाको मैनवत्ती लिएर लक्ष्मी भित्राएका थियौ । प्रयोगशालाका लागि काठमाडौबाट ल्याइएको त्यो मैनवत्तीले मेरो मनलाई राहत दिने काम गरेको थियो ।

चाँड पर्व जे भए पनि हामीले चार महिनादेखि यहाँ आएर विद्यार्थी पढाउन थालेका थियौ । गोरु तिहारको दिन हामीले देउसी गाएर रमाइलो गरेका थियौ । तर परीक्षा हुने बेला भएकाले विद्यार्थीहरु पढ्नतिर नै लागे ।

भाइटीकाको दिन बिहानदेखि नै निरन्तर हिउँ परिरहेको थियो । त्यस दिन निक्कै चिसो थियो । हिउँ निरन्तर परेकाले साना बच्चाहरुलाई घर पठाइयो तर कक्षा ५ बाट माथिका विद्यार्थीहरुलाई विद्यालयमै राखेर पठनपाठन गराइयो । कक्षा ४ सम्मका विद्यार्थी नभएकाले खाली समयमा भाइटिकाको दिन भएकाले भाइहरुलाई फोन गरेँ ।

त्यस दिन पनि आमालाइ भिडियो कल गरेँ र सेलरोटी हालेको हेरेर बसेँ । घरमा मामा ,बहिनी र सानीमा पनि आउनु भएको रहेछ । सबैसँग एक छिन गफ गरेँ । फोनमै भए पनि रमाइलो नै लाग्यो ।

त्यो पल मलाइ एकदमै रमाइलो लाग्यो । मनमा खुसी जाग्यो । अनि मनले कल्पनाको संसार चहार्न थाल्यो र फेरि मन कर्म थलोमै आइपुग्यो ।

 

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ११ : २२ बजे

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू

विवाहपञ्चमीको तयारी सुरु

जनकपुर । यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति