काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले अवरोध गरेका छन् ।
कमिटी सदस्य पाण्डे राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा सहभागी भएका थिए । कार्यक्रममा नेता पाण्डेले ओली पक्षले मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका थिए । नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।
यस्तै नेकपा राप्ती नगर कमिटीका अध्इक्ष इमानसिंह लामाले केही उच्छिङ्खल व्यक्तिले कार्यक्रम अवरोधको प्रयास गरेको बताए ।
प्रतिक्रिया