१२ पुस २०८१, शुक्रबार | December 28, 2024

अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन एडीबीको १७ अर्ब ७० करोड ऋण सहयोग



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : २४ बजे

बुटवल मेलामा उपमहानगरपालिकाको अनुगमन

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल

पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)

बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द