३ मंसिर २०८१, सोमबार | November 18, 2024

वायु प्रदूषणले कोरोना सङ्क्रमणमा असर, मृत्यु हुने सम्भावना बढी



काठमाडौँ । वातावरण संरक्षणसँग सम्बन्धित विज्ञले वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड–१९ सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरिएको जानकारी दिइएको छ ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताए ।

साथै उनले फोक्सो र मुटु रोग तथा मस्तिष्काघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको तग्थ्याङ्क पेश गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड–१९ को सङ्क्रमण र मृत्युदर दुवै बढाउने उल्लेख गर्दै सङ्गठन वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गर्दै काठमाडौँ उपत्यकाका लागि ‘शहरी स्वास्थ्य कार्यक्रम’ दुई वर्षदेखि कार्यान्वयन गर्दै आइरहेको छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यान्जुले काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित नगरपालिकाले एकीकृत र समन्वयात्मक रुपमा काम गर्नुपर्ने औँल्याउँदै स्थानीय सरकारले पूर्वाधार विकास निर्माणसँगै स्वच्छ वातावरण निर्माणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडक धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने कार्य बन्दलगायत कार्य गर्नुपर्ने सुझाव दिए ।

वातावरण विभागका उपमहानिर्देशक इन्दु जोशीले मन्त्रिपरिषद्बाट गत फागुन १२ गते स्वीकृत ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ र सो कार्यान्वयनबारे जानकारी गराएका थिए । काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख समस्या हो । हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुने भएकाले आउने दुईतीन महिनामा काठमाडौँको वायु प्रदूषण ह्वात्तै बढ्ने बताइएको छ ।

काठमाडौँमा वायु प्रदूषण हुनाका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इँटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्ने लगायत हुन् ।

उपत्यकाका ग्रामीण भेगमा खाना पकाउनका लागि बालिने दाउराका कारण घरभित्र पनि वायु प्रदूषण पनि एक समस्याका रुपमा देखापरेको छ । नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारण मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्काघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधरले संयोजन गरेको काठमाडौँ उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका विषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिसँग गोष्ठी’ विषयक भर्चुअल कार्यक्रममा उपत्यकाका नगरपालिकाका प्रमुख र उपप्रमुखलगायत वातावरण क्षेत्रका जानकारको उपस्थिति थियो । रासस

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ९ : २८ बजे

प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू बन्द

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि

एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न

कान्छो निकुञ्जको प्रचार गर्न नेपाली सेनाको ‘टुर दी बाँके नेसनल पार्क’

नेपालगन्ज । राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले

कांग्रेस आकस्मिक बैठकः शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले