काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शिर्ष नेतृत्वको विवाद चरमोत्कर्षमा पुगेको बेला पार्टी स्थायी कमिटी सदस्यद्वय भीम रावल र योगेश भट्टराईले अप्रिय अवस्थाको संकेत गरेका छन् ।
आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ । यद्यपी, सोही बैठकको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि आकस्मिक बाहेकको अवस्थामा मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो । पार्टी बैठक छल्नैका लागि ओलीले प्रयास जारी राखेका छन् । अर्को पक्ष प्रचण्ड–नेपाल पक्षले भने आजै बैठक बस्नुपर्ने र सबै विवाद र प्रस्तावहरु बैठकमा छलफल गर्नुपर्ने अडान कायमै राखेका छन् ।
पार्टीभित्र देखिएको तिब्र ध्रुवीकरणले अप्रिय अवस्थाको संकेतभन्दै नेताद्वय रावल र भट्टराईले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन् ।
नेता भिम रावलले ट्वीटरमा लेखेका छन्, ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो,’
नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।
— Bhim Rawal, PhD (@BhimRawal179) November 18, 2020
रावलले बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न नेताहरुलाई सुझाव समेत दिएका छन् ।
यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ट्वीटरमै ‘सर्वाधिक कठिन समय’ लेखेर पार्टीभित्रको गम्भीर संकटको संकेत गरेका छन् ।
सार्बधिक कठिन समय !
— Yogesh Bhattarai (@yogesbhattarai) November 18, 2020
प्रतिक्रिया