१२ आश्विन २०८१, शनिबार | September 28, 2024

जुवा खालबाट वडाध्यक्षसहित १५ जना पक्राउ



कर्णाली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका-२ का वडाध्यक्ष जगत बिसीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले तीन लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन् ।

त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका-७ का चक्रबहादुर खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : २३ बजे

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय

वर्षाजन्य विपदबाट देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता

काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको

बाढीपहिरो : ललितपुरमा १८ जनाको मृत्यु

ललितपुर । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन्