२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

रुपन्देहीमा बरामद भएका १० बोरा बढी पटाका प्रहरीबाट नष्ट



बुटवल । तिहारलाई लक्षित गर्दै रुपन्देहीका बिभिन्न नाकाबाट नेपाल भित्राउने क्रममा प्रहरीले बरामद गरेको पटाका आज नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको १० बोरा भन्दा बढी पटाकाहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी चाडपर्व लक्षित टोलिले रुपन्देहीको बेलहिया,बेथरी, लुम्बिनी र बुटवल क्षेत्रबाट बरामद गरेको पटाका जिल्ला प्रहरी कार्यालय परिसरमा पानीमा डुबाएर नष्ट गरिएको थियो । ती क्षेत्रहरुमा पछिल्लो १ सातामा प्रहरी टोलिले चेकजाँच गर्नेक्रममा १० बोरा भन्दा बढी पटाका बरामद गरेको थियो । प्रहरीले बरामद गरेको पटाकामा सामान्य झिरझिरे देखि मानविय क्षेति पु¥याउन सक्ने खालका लसुन बम सम्मका पटाका रहेका थिए ।

नेपालमा पटाका बनाउन, ओसारपसार गर्न र बेचबिखन गर्न प्रतिबन्ध लगाइृएको भएपनि तिहारको समयमा ठूलो परिमाणमा पटाका भित्रिने गरेको छ ।

बरामद भएको पटाका पानी हाली जमिन मुनी गाडी नष्ट गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ०८ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको