१६ माघ २०८१, बुधबार | January 29, 2025

आईपीएल २०२० : हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा



काठमाडाैं । युएइमा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल २०२०)  मा दिल्ली क्यापिटल्स फाइनलमा प्रवेश गरेकाे छ ।

पहिलाे पटक आइपिएलकाे फाइनलमा पुग्ने क्रममा दिल्लीले आइतबार दाेस्राे क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गरेकाे हाे ।

१ सय ९० रनकाे चुनाैती पछ्याउने क्रममा हैदराबादले १ सय ७२ रन मात्र बनाउन सक्याे । हैदराबादका केन विलियम्सनले ६७, अब्दुल सामदले ३३, मनिष पाण्डेले २१, प्रियम गार्गले १६ तथा ज्यासन हाेल्डर र राशिद खानले समान ११-११ रन जाेडे पनि टाेलीलाई जित दिलाउन भने सकेन ।

दिल्लीका कगिसाे रबडाले ४, मर्कूस स्टाेइनिसले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटकाे क्षतिमा १ सय ८९ रन बनाएको थियो ।

आजको खेलमा दिल्लीलाई ओपनर शिखर धवन र मर्कूस स्टोइनिसले राम्रो सुरुवात दिलाएका थिए । उनीहरुले पावरप्लेमा मात्र ६५ रन जोडेका थिए । साथै, उनीहरुले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । स्टोइनिसले आउट हुन अघि स्टोइनिसले ३८ तथा धवनले ७८ रन बनाएका थिए ।

यस्तै, श्रेयास आयरले २१ तथा शिम्राेन हिटमेयरले अविजित ४२ रनकाे पारी खेले । पहिलाे क्वालिफायरमा दिल्ली मुम्बइ इन्डियन्ससँग ५७ रनले पराजित भएकाे थियाे भने हैदराबादले राेयल च्यालेञ्जर्स बेङ्गलाेरमाथि एलिमिनेटरमा ६ विकेटले विजयी हुँदै क्वालिफायरमा छनाेट भएकाे थियाे ।

दिल्लीले डिफेन्डिङ च्याम्पियन मुम्बइसँग उपाधिका लागि मंगलबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा भिड्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : २७ बजे

समावेशी आधारमा न्यायाधीश नियुक्ति गर्नेछौँ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समावेशी

साना टुक्रे योजनालाइ प्रदेशबाट निरुत्साहित गर्छौं : मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे

डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु

डोल्पा । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा

गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार

काठमाडौं । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार

राष्ट्रिय योजना आयोगद्वारा अनुदान लिन प्रस्ताव माग

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा