काठमाडौं । हाल नेपालको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणली विकसित भएको छैन । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ ।
त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।
त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया