काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना गरि पछिल्लो २४ घन्टामा उपत्यकामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै देशैभर पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । संक्रमितमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना कोरोना मुक्त भएका छन् ।
प्रतिक्रिया