१ चैत्र २०८१, शुक्रबार | March 15, 2025

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि, विद्यार्थीले आफैले पढेको विद्यालयमा परीक्षा दिन पाउने



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना भाइरसको संक्रणम देखिन थालेपछि सरकारले लगाएको लकडाउनका कारण स्थगित भएको थियो । तर, लामो लकडाउन र कोरोना संक्रमण झन बढ्दै जाँदा परीक्षा अन्यौलमा परेको थियो ।

विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिने कक्षा १२ को परीक्षा जसरी पनि लिनै पर्ने बाध्यता थियो । पुरानो कार्यविधि अनुसार परीक्षा लिन सक्ने अवस्था नभएपछि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयको निर्देशन बमोजिम परीक्षासम्बन्धी नयाँ कार्यविधि बनाएर परीक्षा लिने निर्णयमा पुगेको हो ।

‘मंसिरको दोस्रो हप्ताबाट परीक्षा लिने योजना बनाएका छौं’,  बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले खबरकुरालाई बताए,  ‘परीक्षा तालिका भोलि सार्वजनिक हुन्छ ।’ परीक्षा मंसीर ९ गतेबाट सुरु गरी एक हप्तामा सकिने गरी रुटिन तयार पारिएको छ ।

परीक्षासम्बन्धी नयाँ कार्यविधी अनुसार विद्यार्थीहरुले अब यो वर्षको परीक्षा आफैले पढेको विद्यालयमै दिन पाउनेछन् । यसअघिका परीक्षामा एउटा विद्यालयका विद्यार्थीको परीक्षा केन्द्र अर्को विद्यालयमा हुने गरेको थियो ।

परीक्षालाई मर्यादित र सुरक्षित बनाउन यस्तो व्यवस्था गरिएको छ । तर, विशेष परिस्थतिका कारण पुरानो व्यवस्थालाई निलम्बन गर्दै नयाँ कार्यविधिअनुसार परीक्षा लिने तय भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले खबरकुरालाई बताए ।

यसैगरी आफ्नो विद्यालय भन्दा बाहिर रहेका विद्यार्थीले आफु नजिक रहेको विद्यालय (परीक्षा केन्द्र)बाट परीक्षा दिन पाउनेछन् । यसका लागि परीक्षा बोर्डले यसअघि नै विद्यालयहरुलाई आफ्ना विद्यार्थीहरुको अवस्थाबारे जानकारी माग गरेको थियो ।

‘यस्ता विद्यालयभन्दा बाहिर रहेका आठ नौं हजार निवेदन आएका छन्’ परीक्षा नियन्त्रक शर्माले भने, ‘ती विद्यार्थीहरुले आफुलाई पायक पर्ने नजिकको परीक्षा केन्द्रमा परीक्षा दिन पाउँछन् ।’

प्रयोगगात्मक विषयको अंक भारलाई यथावत राखि सैद्धान्तिक तर्फको अंक भारलाई शत प्रतिशत मानि सो को ४०, ४० र २० प्रतिशत अंक भार निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक शर्माले भने, ‘जसअनुसार विद्यार्थीले १०० पूर्णाकमध्ये जम्मा ४० प्रतिशतको मात्रै लिखित परीक्षा दिनेछन् । बाँकी ४० प्रतिशत कक्षा ११ को रिजल्टबाट समावेश हुनेछ भने २० प्रतिशत विद्यार्थीको आन्तरिक मूल्यांकन गरी विद्यालयले नै प्रदान गर्नेछन् ।’

यसपटक विद्यार्थीको उत्तर पुस्तिका परीक्षणका लागि एक परीक्षा केन्द्रबाट अर्को स्थानमा पुर्याइने छैन । अर्थात, विद्यार्थीले जुन विद्यालयमा परीक्षा दिएका छन्, सोही विद्यालयका शिक्षकले नै उत्तर पुस्तिका परीक्षण गर्नेछन् । यसको सम्परीक्षण राष्ट्रिय परीक्षा बोर्डले लिनेछ । तर, यदि विद्यालयमा उत्तर पुस्तिका परीक्षणका लागि परीक्षा बोर्डले तोकको योग्यता पुगेका विषय शिक्षक नभएमा बोर्डका सम्बन्धित कार्यालयसँग समन्वय गरी उत्तरपुस्तिका परीक्षण गराइनेछ ।

कोरोना भाइरसको महामारीका बीच हुन लागेको परीक्षा भएका कारण विद्यार्थीलाई थप छुट दिइएको छ । जसअनुसार कोरोना संक्रमण भएको पुष्टि भएका विद्यार्थीले पुनः परीक्ष दिन पाउनेछन् । यसैगरी कोरोनाको शंका लागेका विद्यार्थीलाई विद्यालयमा छुट्टै कक्षा कोठामा राखेर परीक्षा दिन लगाइने कार्यविधि बनाइएको छ ।

परीक्षा केन्द्रमा निरीक्षक खटाईदा सम्बन्धित विषयको विषय शिक्षक भन्दा बाहेकका शिक्षक र कर्मचारी खटाउने कार्यविधिमा उल्लेख गरिएको छ । सम्बन्धित विद्यालयको प्रधानाध्यापक सो विद्यालयको केन्द्रको केन्द्राध्य बन्नेछन् ।

परीक्षाको क्रममा जनस्वास्थ्यका सबै मापदण्ड पुरा गर्ने जनाइएको छ । दुई जना विद्यार्थीबीचको दुरी दुई मिटर तय गरी सिट प्लानिङ हुनेछ । एउटा परीक्षा हलभित्र २० जना विद्यार्थीलाई मात्र राखिनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : ५५ बजे

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली

नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on