१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

चीनको अर्थतन्त्र मजबुतीमा अर्को उछाल, तेस्रो त्रैमासिकमा ४.९ प्रतिशतको वृद्धि



कोरोना भाइरुसका कारण बाँकी विश्वको कुल ग्राहस्थ उत्पादन (जीपीडी) निराशाजनक बनिरहेको बेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको जीडीपी भने आश्चर्यजनक ढंगले उकालो लागिरहेको छ ।

सन् २०२० को तेस्रो त्रैमासिकमा चीनको जीडीपी ४.९ प्रतिशतले वृद्धि भएको छ । यो गत वर्षको सोही त्रैमासिकको भन्दा बढी हो ।
घरेलु खपत, अपेक्षित निर्यात र लगानीमा सुधारका कारण अर्थतन्त्र मजबुद बन्दै गएको चिनियाँ अधिकारीहरुले बताएकाछन् ।

कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको चीनमा पहिलो त्रैमासिकमा भने ६.८ प्रशितले गिरावट आएको थियो । भाइरस नियन्त्रण गर्न देशव्यापी कडा लकडाउन गर्दा सबै आर्थिक गतिविधि ठप्प भएको थियो । तर, मार्चमहिना भित्रै भाइरस नियन्त्रणमा सफलता हासिल गरेको चीनले विस्तारै बजार र अन्य क्षेत्र खुला गर्दै गएको थियो । जसका कारण चिनियाँ अर्थतन्त्रमा उल्लेख्य सुधार हुँदै गएको छ ।

चीनको नेशनल व्यूरोले प्रकाशित गरेको तथ्य अनुसार उपभोक्ताहरु रेस्टुरेन्ट एवं सपिङ मलमा फर्किएका छन् । पर्यटक र व्यवसायीहरूको विश्वास हवाई उडान र रेलमाबढिसकेको छ । सेप्टेम्बरमा चीनको खुद्रा बिक्री मात्रै ३.३ प्रतिशतले बढेको छ । जुन अगष्टमा ०.५ प्रतिशतले बढेको थियो ।

‘अपेक्षाकृत राम्रो निर्यात र लगानीले पनि जनताको आयमा सुधार ल्याएको छ, खर्च बढाएर खपत गएको छ’, बेइजिङ इकोनोमकअपरेशन एसोसिएशनका उपाध्यक्ष टियान यूनले भनेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : २६ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध