बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले एक प्रहरी हवल्दारलाई ४ लाख घुस रकम सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय, बुटबलमा कार्यरत प्रहरी हवलदार सिबचन्द्र सहानी र उनको श्रीमती निर्मला केबटलाई घुस रकम लिदै गर्दा पक्राउ गरेको हो ।
मुद्दा चलेर थुनामा रहेका मानिसलाई धरौटीमा छुटाईदिने भन्दै आफन्त सेवाग्राहीसंग रकम लिदै गर्दा शुक्रबार दिउँसो रूपन्देहीको सियारी गाउपालिका ७, खनाल मिठाई पसलबाट सहानी नगद ४ लाख सहित पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सुचना अधिकारी सुरेस भुसालले बताए ।
उनीहरुलाइ दिउसाे साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग कार्यालय बुटवलले जनाएकाे छ ।
प्रतिक्रिया