काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मलास्लु हिमालको सफल आरोहण गरेका छन् ।
राजकुमाल खलिफाको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको सभेन समिट ट्रेक्स प्रालीले ट्वीट गरेर जनाएको छ ।
सेभेट समिटका अनुसार आरोहण दलमा गाइडसहित ५० जना भन्दा बढी सहभागी रहेका छन् ।
https://twitter.com/sst8848/status/1316565300695851008
बुधबार मनास्लु आधार शिविर पुगेको सो टोलीले आज बिहान सफल मनास्लु आरोहण गरेको हो । यसअघि गत अक्टोबर ३ तारिखमा राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।
नेपालको हिमाल आरोहण गर्न आएका बहराइनका राजकुमारको टोली दुई महिने हिमाल आरोहण यात्रामा यतिबेला नेपालमा रहेको छ ।
राजकुमारले आगामी सिजनमा सहगरमाथा आरोहण गर्ने योजना बनाएका छन् । यसपटकको दुई हिमालको आरोहण सगरमाथा आरोहणको वार्मअपको रुपमा लिइएको छ ।
कोरोना भाइरसको महामारीले नराम्रोसँग प्रभावित भएको नेपालको पर्यटन प्रवद्र्धनका लागि राजकुमारको सफल हिमाल आरोहणको सफल मार्केटिङ सञ्जीविनी बुटी बन्न सक्ने देखिन्छ ।
प्रतिक्रिया