२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता हुँदै



काठमाडौं । २५ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच आज वार्ता हुँदैछ ।

वार्ताका लागि दुवै पक्षले बुधबार वार्ता टोली गठन गरेका छन् । सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेपछि केसी पक्षबाट चार सदस्यीय वार्ता टोली बनेको हो ।

चिकित्सा क्षेत्रमा सुधारका पूर्व सम्झौता पालना लगायत अन्य समसामयिक राजनीतिक विषयका थप मागसहित आमरण अनशनमा रहेका डा. केसी पक्ष र सरकारबीच आज अपरान्ह वार्ता हुन लागेको हो ।

केसीको पक्षबाट सोलिडारिटी फर गोविन्द केसीका डा. जीवन क्षेत्रीले नेतृत्व गर्दैछन् । सो टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

सरकारी टोलीको वार्ता टोली संयोजककमा शिक्षा सचिव गोपीनाथ मैनाली रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेका छन् ।

डा. केसीले ६ बुँदे माग राखेर गत भदौ २९ गते जुम्लाबाट आमरण अनसन सुरु गरेका थिए । आठौं दिनको दिनमा केसी नेपालगन्ज हुँदै काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका छन् ।

केसीको स्वास्थ्य अवस्था बिग्रदैँ जाँदा चारैतिरबाट सरकारलाई वार्ताका लागि दबाब बढेपछि मात्रै वार्ता हुन लागेको छ । केसीको जीवन रक्षा र सार्थक वार्ताको माग गर्दै चिकित्सक, पेशाकर्मी लगायत नागरिकस्तरबाट समेत दबाब बढिरहेको छ ।

केसीले यसअघि सरकारले पटकपटक सम्झौता गर्दै धोखा दिँदै आएको भन्दै सार्थक वार्ता हुनुपर्ने अडान राखेका छन् । वार्ता टोली गठन भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नै अन्तिम हुने केसीको बुझाइ छ ।

केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरेको छ । संघले सामाजिक दूरी कायम गर्दै विभिन्न स्वास्थ्य संस्थामा धर्ना बस्ने, देशभरका संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा कालोपट्टी बाँधेर रिले अनशन गर्ने निर्णय गरेको छ ।

यसैगरी भोलि शुक्रबार एक दिनका लागि देशभरिको स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड सेवाबाहेक सबै स्वास्थ्य सेवा बहिष्कार गर्ने समेत निर्णय गरेको छ । तर, भोलिको कार्यक्रम भने आज हुने वार्ताको आधारमा हेरेर हेरफेर हुनसक्ने संघले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : २७ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको