काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको छ ।
कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत आफुहरूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।
आचार्यले भनेका छन्, ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ ।’
उनले आफुहरूको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन अनुरोध गरेकन छन् ।
सबैको माया, आशिर्वाद र शुभेच्छाको कारण छिट्टै कोरोना संक्रमणलाई जित्ने पनि उनले विश्वास गरेका छन् ।
<कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर् कलाकार आचार्यले अनुरोध गरेका छन्
प्रतिक्रिया