५ चैत्र २०८१, मंगलबार | March 18, 2025

लुम्बिनी प्रदेशको मतदानमा पक्षमा ७९ र विपक्षमा ४ मत



बुटवल । प्रदेश ५ सरकारले प्रस्ताव गरेको प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र प्रदेशको नामाकरण लुम्बिनीको प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको छुट्टाछुट्टै मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाई मतका साथ पास भएको हो । प्रदेशको स्थायी राजधानीको मतदानबाट पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको छ भने नामाकरणका्े प्रस्तावमा लुम्बिनी प्रदेश नामको पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ ।

आज सम्पन्न मतदानबाट प्रदेशको राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी कायम भएको छ ।

प्रदेशको राजधानी र नामाकरण पारित भएसँगै प्रदेश सभाको अधिवेशन पनि अन्त्य भएको छ । सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले पठाएको प्रदेशसभा अन्त्यको सुचना सभामुख पुर्ण घर्तीले पढेर सुनाएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : १४ बजे

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको