३ चैत्र २०८१, आइतबार | March 16, 2025

प्रदेश ५ ले अपरान्ह ४ बजे सम्ममा स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी पाउने !



बुटवल । मंगलबार अपरान्ह ४ बजेभित्र प्रदेश नम्बर ५ को नाम फेरिएर लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र तोकिने लगभग पक्कापक्की भएको छ ।

नेकपाका सांसदहरुले कम्युनिष्ट पार्टीको अनुशासन र पार्टी प्रतिको निष्ठाका आधारमा ह्वीपको विपक्षमा नजाने निश्कर्ष निकालेसँगै प्रदेश सरकारले प्रस्ताव गरे अनुसार प्रदेशको नाम र स्थायी राजधानी तोकिने निश्चित प्रायः भएको हो ।

मंगलबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले रुपन्देही, नवलपरासी र कपिलवस्तुलाई समेत समेटेर पर्यटकीय राजधानीको अवधारण सहित बुटवल भैरहवा सिक्स लेन सडकलाई आर्थिक राजधानीका रुपमा विकास गर्ने प्रस्ताव सहित संसदीयदलमा फरक मत राखेका सभासदहरुलाई मुख्यमन्त्री शंकर पोखरेलले बिश्वस्त बनाएको नेकपा स्रोले जनाएको छ ।
मुख्यमन्त्रीले दिएको आश्वासन पछि साबिक लुम्बिनी अञ्चलका नेकपा सांसदहरुले फ्लोर क्रस नगर्ने आश्वासन मुख्यमन्त्रीलाई दिएको स्रोले दाबी गरेको छ ।

पार्टी ह्वीप उल्लंघन गर्ने सम्भावना निकै कम रहेको नेकपाका चर्चित सांसद भोजप्रसाद श्रेष्ठले खबरकुरालाई बताएका छन् ।
‘फरक धारणा, फरक विचार र फरक मत रहेपनि कम्युनिष्ट कार्यकर्तालाई पार्टी निर्णय सर्बोपरि हुन्छ’, श्रेष्ठले भने ।

नेकपाका सांसदहरुले सरकारको प्रस्तावको पक्षमा मत हाल्ने निश्चित प्राय भएपछि नेपाली काँग्रेसका राप्ती र भेरी क्षेत्रका सांसदहरुले संसदमा अनुपस्थिती जनाउने तयारी गरेको काँग्रेसका एक सांसदले नाम नबताउने सर्तमा खबरकुरालाई बताए । उनले पार्टीले विपक्षमा मत हाल्न ह्वीप जारी गरेको र आफुहरुलाई विपक्षमा मत दिन नैतिकताले नमिल्ने भएको अवस्थामा नेकपाकै मतले प्रस्ताव पास हुने भएपछि बैठकमा अनुपस्ति हुने बिषयमा छलफल भईरहेको बताए ।
प्रदेशसभामा नेकपाको मात्र मतले पनि सरकारको प्रस्ताव सजिलै पारित हुने अवस्था छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ३४ बजे

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

हिमवत्खण्ड सम्मेलन : विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड