२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनको तयारी



दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो ।

मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्ने प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीको पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको कोत्रेमा यस्ता कक्ष स्थापना हुनेछन् ।

“चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्,” उनले भने, “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्न लागेका हौ ।” लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् ।

प्रहरीले नजिकिदै गरेको नेपालीहरुको महान् पर्वलाई ध्यानमा राखेर सुरक्षा योजना समेत निर्माण गरेको छ चाडपर्वको समयमा बढी आपराधिक घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

चाडपर्वका समयमा बढी सवारी साधन सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाउने, सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने पौडेलले जानकारी दिए । “बढी भिडभाड हुँदा कोभिडको जोखिम रहने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छौ,” उनले भने, “सबैलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पु¥याउन सहयोग गर्नु प्रहरीको कर्तव्य हो ।”

चाडपर्वका क्रममा हुन सक्ने घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने र राति १० बजेपछि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरिने जनाइएको छ । होटल तथा रेष्टुरेष्टलाई पनि समय निर्धारण गरेर व्यवस्थित बनाउन पहल गरिने छ ।

सुरक्षा योजनामा चाडपर्वको समयमा सर्वसाधारणहरु भेला हुन सक्ने सार्वजनिक स्थानको सुरक्षा स्थिति सामान्य बनाउने, अवाञ्छित क्रियाकलाप तथा घटनाहरु न्यूनिकरण गर्ने, रातको समयमा चोरी र होहल्ला बढी हुने हुँदा सो को नियन्त्रण गर्न र रातको समयमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, जुवातासलाई नियन्त्रण गर्ने लगायत समेटिएको छ ।

प्रहरी उपरिक्षक पौडेलले आर्थिक अपराधका घटना हुन सक्ने सम्भावनालाई सुक्ष्म तरिकाले अध्ययन गरी योजना बनाएर प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।

अब सवारीमा ‘चेन लक’

नियम विपरित गलत ठाउँमा सवारी पार्किङ गर्नुभएको छ ? केही समयका लागि मात्रै त हो भनेर जथाभावी सवारी छाडेर हिँड्नुभएको छ ? यस्तो गर्नुभएको छ भने होशियार हुनुहोला ! कारवाहीमा पर्नुहोला ।

जथाभावी पार्किङ गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालले अब ‘चेन लक’ को अवधारणा ल्याएको छ । तोकिएको ठाउँमा भन्दा बाहेक पार्किङ गर्ने सवारीलाई ‘चेन लक’ गराएर सम्बन्धित धनीलाई जरीवाना गरिएको कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

“पार्किङलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सचेत गराउन चेन लकको अवधारणा ल्याएका हौ, जहाँपायो त्यहाँ पार्किङ गर्ने सवारी कारवाहीमा पर्छन्,” उनले भने । उनका अनुसार निषेधित स्थानमा पार्किङ गरेको देख्नेबित्तिकै सवारी साधन चलाउन नमिल्ने गरी ‘चेन लक’ गरिनेछ ।

त्यसो गर्दा चेनमै प्रहरीको नम्बर टाँस गरिनेछ । “उक्त नम्बरमा फोन गरेपछि सम्बन्धित सवारीधनीले कार्यालयमा आएर जरीवाना तिरेपछि मात्रै प्रहरीले चेन खोलिदिन्छ,” उनले भने, “त्यस्ता व्यक्तिहरुलाई रु एक हजार जरीवाना हुनेछ ।”

कतिपय ठाउँमा निषेधित स्थानमा पार्किङ गरेर सम्बन्धित धनी कामका लागि अन्यत्रै जाने गरेका छन् । “त्यस्तो बेला प्रहरी कुरेर बसिराख्न भ्याउँदैन, सवारीमा चेन लक गरेपछि प्रहरी आफ्नो नियमित काममा जान्छ,” प्रमुख रानाभाटले भने, “सवारी लक भएको थाहा पाएपछि सम्बन्धित धनीले नै फोन गर्छन् ।” दमौली बजारको पार्किङ व्यवस्थापनका लागि यो अभियान सफल हुने प्रहरीले विश्वास लिएको छ ।

प्रहरीले उद्योग वाणिज्य सङ्घको समन्वयमा दमौली प्रवेश गर्ने बुल्दीपुलदेखि मादीपुलसम्मको क्षेत्रलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिसकेको छ । साथै सङ्घकै सहयोगमा दमौलीका विभिन्न ठाउँमा ट्राफिक कोण समेत राखिएको छ । रासस

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : १६ बजे

रातानाङ्ला दुर्घटनाका मृतकको सनाखत

सुर्खेत । दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४

जीप दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना

नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो