२३ भदौ २०८१, आइतबार | September 8, 2024

आईपीएल २०२० : बेङ्गलोरलाइ ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लियो



काठमाण्डौ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ ।

राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोरले भने ५ खेलमा ६ अंक जोडेको छ । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

बेङ्गलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए । बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे।

नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम् डुबेले समान ११/११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट झारे ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ३५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर