३ आश्विन २०८१, बिहिबार | September 20, 2024

आईपीएल २०२० : पञ्जावलाई १० विकेटले हराउँदै चेन्नइ छैटौं स्थानमा उक्लियो



काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत चेन्नइ सुपर किङ्स फराकिलो अन्तरले विजयी भएको छ । आइतबार सम्पन्न खेलमा किङ्स इलावेन पञ्जावमाथि १० विकेटले विजयी भएको हो ।

१ सय १९ रनको लक्ष्य पच्छाएको चेन्नइले १७.४ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । चेन्नएका सेन वाट्सन र फाफ डु प्लेसिसले १ सय ८१ रनको साझेदारी गर्दै जित दिलाए । समान ८३ बलको सामना गरेका वाट्सन र प्लेसिसले नटआउट ८३ र ८७ रनको पारी खेले ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा १ सय ७८ बनाएको थियो ।

पहिलो विकेटका लागि लोकेश राहुलसँग अर्धशतकीय साझेदारी गरेका मयंक अग्रवाल टोलीको ६१ रन हुँदा आउट भए । राहुलले सर्वाधिक ६३ रनको पारी खेले । यस्तै, निकोलास पूरनले ३३, मन्दीप सिंहले २७, अग्रवालले २६ तथा सर्फराज खानले १४ रनको योगदान दिए ।

चेन्नइका शार्दूल ठाकुरले २, रविन्द्र जडेजा र पियुस चावलाले समान १-१ विकेट लिए ।

जितसँगै चेन्नइ पाँच खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पराजित पञ्जाव तालिकाको पुछारमा पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : १३ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day