कपिलवस्तु । प्रदेश राजधानी ‘कपिलवस्तु’मा बनाउनुपर्ने र प्रदेशको नाम ‘बुद्ध प्रदेश’ राख्नुपर्ने मागराख्दै शनिबारदेखि तौलिहवामा सुरु भएको रिले अनसन आज पनि जारी छ ।
प्रदेश ५को राजधानी दाङको भालुबाङ बनाउने प्रदेश सरकारको प्रस्ताव विरुद्ध कपिलवस्तुमा रिले अनसन सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यलय तौलिहवा प्रशासनको छेउमा बनाइएको रिले अनशन स्थलमा अनसन जारी छ ।
अनशनमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलको अगुवाईमा ५ जनाले हिजोबाट अनशन सुरु गरेका हुने ।
पहिलो दिन अनशनमा समाजसवी रउफ अहमद खा, अशोक गुप्ता, संतोष कसौधन र बृजेश भटरा बसेका छन् ।
बुद्धको नाम बाट ५ नं प्रदेश चिनिने हुदा ईतिहास बोकेको प्राचिन शहर कपिलवस्तुलाई नै राजधानी बनाउनु पर्ने समाज सेवी रउफ अहमद खाँले बताए । उनले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्ताव फिर्ता गर्न मागगर्दै परासीदेखि बर्दियासम्मका जनतालाई पायक पर्ने स्थान कपिलवस्तु भएको जिकिर गरे ।
एक पटकमा चार घन्टा रिले अनशन समय राखिएको छ ।
प्रदेशसभामा पेश भएको लुम्बिनी प्रदेश र भालुबाङ राजधानीमाथि भोलि सोमबारबाट छलफल सुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा नेकपाले प्रस्ताव पारित गर्न ह्वीप लगाइसकेको छ । यद्यपी, नेकपाका १४ प्रदेश सांसदले फरकमत दर्ता गराएका छन् ।
बुटवलबाट दाङ राजधानी सार्ने षड्यन्त्र गरेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेस लगायत विभिन्न पेशागत संगठनहरुले बुटवलमा आन्दोलन सुरु गरेका छन् ।
तर, दाङमा भने प्रदेश राजधानीको पक्षमा सबै राजनीतिक दलहरु एकमत भएका छन् ।
प्रतिक्रिया