लक्ष्मण अर्थात लक्ष्मणप्रसाद उपाध्याय (उसको बाबुले न्वारानमा जुराएको र स्कूलमा लेखाएको यो प्रसाद र उपाध्याय उपसर्गहरु शैक्षिक डिगृको उकालो चढ्दै जाँदा हराउदै गएर लक्ष्मण मात्र बाँकी रहेको थियो) दमै टोल पुगेर घर आउदै थियो । गाउंबाट जजमानी (कर्मकाण्ड) सकेर सिदाको भारी दाता जजमानकै ढाडमा लादेर घर पुगेका पुण्यप्रसाद पण्डित बाजे छोरालाई ततकाल नदेखेपछि “लछुमने खै”? भनेर बुढीसित जंङ्गीए ।
छोरो लक्ष्मणको दमैटोलतिरको निरन्तर उपस्थिति शारदा बज्यैलाई पनि पटक्कै मन परेको थिएन । अझ आफनै बालिघरे भीमे दमैकी छोरी देउकलीसंग उठबस गर्छ रे भन्ने गाउलेहरुबाट सुनेका गाइगुँई कुराले शारदा बज्यैको पेट पोलिरहेकै थियो ।
बुढाको क्रोधाग्नीमा घिउ थप्दै शारदा बज्यै– “खै दमैटोलतिर सोज्जिया थियो । उतै गा त होला । मैले त त्यो भीमेकी छोरी देउकलीसंग उठबस गर्छरे भन्ने पो सुनेइछु । आएपछि छिटो पनि नमागेर सरासर भित्र पस्छ । ”
अगाडिको एउटा दाँत झरेदेखि छिटो हाल्न सुरु गराइएको, सात छोरीपछिको एक मात्र छोरोले डुमकी छोरीसंग घुलमिल गरेको सुन्ने बित्तिकै बाउन बाजेको दिमागमा आक्रोसको टाइमबम बन्यो । केहीबेरमा लक्ष्मण पनि टुप्लुक्क घर के पुगेको थियो, उनको विना जिलेटिन,विना बारुदको टाइम बम्ब पड्किहाल्यो ।
“काँ म¥याथिस ए दमै बजिया ? “पढायो गुनायो पाठ, सोह्रदुनी आठ” गर्छस् ? तलाई अलिकति इख छैन ?यही छिल्लिनलाई तलाई पैसा तिरी तिरी त्यति टाढा पढाउन हाल्या हो मैले ?”
बाबुको बम्बले एकछिन कम्पाएमान पारे पनि संयम र साहस बटुल्दै बुज्रुक,निर्भीक लक्ष्मणले अनुशासनको दायराभित्रैबाट सदकर्मको उज्यालो उनको मुखतिर सोझाउदै बिनम्रतापूर्वक प्रत्यूत्तर दियो– “के देउकलीको घर भूतको ओढार हो र बुवा ? मान्छे जान नहुने? त्याँ गयो भने अनिष्टले,खाइदिहाल्छ कि क्याहो ?”
पहिलो बिष्फोटले छोरालाई धमाका दिन नसकेपछि पण्डित बाजे एकछिन आफै सिथिल भए । उनी उच्च रक्तचापको बिरामी पनि थिए । पहिलो फाएर बूलमा लाग्न नसकेको महसुस गरी एकछिनपछि उठेर पुनःअर्को प्रयास गरे,–“थुइक्क लवस्तरा बजिया । लाजै नमानेर अझ केके पो भन्दो र’छ बेबकुफ । स्वास्नीतिर फकेर–यसलाई मैले घरैमा राखेर संस्कृत भाषाको चण्डी,कर्मकाण्डविधि पढाउँला भनेको थिएँ । ‘यस्तो पढाइमा म काँ अल्मलिने हो र धेरै पढेर ठूलो मान्छे बन्ने हो बुवा म त, बजारको स्कूलमा गएर पढ्ने हो’ भनिटोपल्यो । लौ त राम्रै कुरा ल्यायो छोराले भनेर नाक फुर्र्काउदै त्यत्रो खर्च लाएर बजार पढन पठाएँ । के यही जात फाल्न हो तलाई बजार पठाको ? ला..ऽऽ लछारपाटो लाइस बजिया ।” नाक भाँच्चिएला जस्तो गरी पण्डितले दाइने हातले लोप्पा ख्वाए ।
पूर्व स्मृति व्यूताँउदै र बुढाको आक्रोसमा दम भर्दै शारदा बज्यै–“ सानामा त्यो डुमिनीलाई पढाउन जोर ग-या’नि यसैले त हो । भीमेले त वास्ता ग¥या थेन । के भा’होला यो छोरो । विग्रिने मतितिर लाग्यास्तो छ,बा ।”
सपनाबाट ब्यूँझे जस्तो गरी पण्डित बाजे– “यस्तै कुबाटो समात्ला भनेर नै हो मैले यजमानी धान्ने कर्मकाण्डी पढाउन खोज्या हो । सहरमा गएर लछारपाटो लाउछु भन्यो नि त । लौ हुन्छ तनि सानैमा आफनो भविष्य सोच्ने भयो छोरो, भनेर खर्च हालीहाली सहर पढन पठाएँ । अहिले यस्तो भँडुवा भएर पो आयो,बजिया । हत्केला बंङ्गाउदै बुढा फेरि जङ्गिए–‘यी…ला…खुब गरिस् । थुक्क बजिया, तँउँधो लागिस कि उभो’ ? त्यै हो तेरो ठूलो मान्छे बन्ने धोको ?डुमिनीसंग टाँसिएर खुबै ठूलो मान्छे हुन्छस कि सानो? हँ बजिया । अझ बर्ता हुन्छस ? जा खुरुक्क छिटो हालेर नआ त मैले जान्याछु तलाई ।”
प्राथमिक स्तरको पढाइ देखि नै अध्ययनमा गहिरो चासो राख्ने लक्ष्मण पाँच कक्षामा उत्कृष्ट अंक ल्याएपछि त्यो भन्दा माथिल्लो स्तरको पढाइको लागि विजौरा गाउँ छोडेर जिल्ला सदरमुकाम, दैलेख बजारको त्रिभूवन मा बि मा पढ्न गएको थियो, खर्च बेहोर्न बाबुआमालाई निहुराएर । त्यहीँ एसएलसीमा प्रथम श्रेणीमा उतिर्ण भएपछि ‘कलेज पढ्न’ नेपालगञ्ज पुगेको थियो । चौतर्फी ज्ञानोद्यानको रसस्वादन गर्न खोज्ने लक्ष्मण, जीवन र जगतलाई बुझने शास्त्र समाजशास्त्र र नागरिक शास्त्रतिर छिरेको थियो । अध्ययनको क्रममा उसले उत्पीडित,उपेक्षित वर्गको भोगाईको जीवनलाई मिहिन तरिकाले बुझन थाल्यो । त्यसपछि उसलाई छोइछिटो र तलमाथि गरेर मान्छेले मान्छेलाई ढाल्ने बाबुआमाको कुरुप चिन्तन, प्रवृत्तिप्रति घृणा उम्लिएर आएको थियो । अनि संयमित र अनुशासित लयमा भन्यो—
“बा,तपाईहरुले मलाई खर्च लगानी गरेर आँखा खुलाइदिनु भएकोमा म कृतज्ञछु, आभारी छु । यो गुन मेरो जिन्दगीको तरेलीमा सदा झुण्डिरहनेछ । तपाइहरुको सेवाबाट पनि म बिचलित हुनेछैन । तर…
के तर…? खुट्टामा तेल घस्या जस्तो गरेर ढुङ्गाले हान्न खोज्या त होलास् । ल भन् के भन्न खोज्या होस् ?तर..। छोराले तर्काउन खोजेको रहस्यका कुरा समेट्दै बुढा झर्के ।
तर तपाइहरुले यो रुढताको कालो पट्टी भने अब फुकाल्नैपर्छ । मान्छेका इतिहासका कुरा तपाइहरुले बुझनु भएको छ ?जगत र जीवन नचिन्ने हामीहरु, परम्परा रुपी कुइरोमा रुमलिएका दिशाहीन काग रहेछौं । जसलाई तपाईहरु अछुत भनेर हेपेर छोइछिटो गर्नुहुन्छ ती भनेका समाजका गरिखाने प्राविधिक हुन । शिप भएका शिल्पकारहरुलाई हामी उपेक्षाको लठ्ठीले हिर्काउछौं र तिनीहरुकै सिप उपयोग नगरी हुन्न,हामीलाई ।
“तर तपाइहरुले यो रुढताको कालो पट्टी भने अब फुकाल्नैपर्छ । मान्छेका इतिहासका कुरा तपाइहरुले बुझनु भएको छ ?जगत र जीवन नचिन्ने हामीहरु, परम्परा रुपी कुइरोमा रुमलिएका दिशाहीन काग रहेछौं । जसलाई तपाईहरु अछुत भनेर हेपेर छोइछिटो गर्नुहुन्छ ती भनेका समाजका गरिखाने प्राविधिक हुन । शिप भएका शिल्पकारहरुलाई हामी उपेक्षाको लठ्ठीले हिर्काउछौं र तिनीहरुकै सिप उपयोग नगरी हुन्न,हामीलाई । हामीलाई थाहाछ, उनीहरुले बनाएको घर,मन्दीर र धातुका सारा ज्याभलहरु र गहनाहरु नभै हामीलाई हुदैन । हामीलाई थाहा छ, तिनै दलितले सिएका लुगा, जुत्ता नभै हामीलाई हुदैन । तर तिनैलाई हामी घरपाल्तु कुकुरभन्दा तल झारेर उनीहरुलाई छोइछिटो र छिछि दूरदूर गर्छौं । मालिकबादी सामन्ती पूर्खाले झुण्डाइदिएको कुसंस्कारको त्यान्द्रो हो यो । तपाइकै धर्मशास्त्रका कुरा गर्दा “सामाजिक न्यायका लागि राम्रो काम गरेमा शुद्र पनि ब्राह्मण हुन सक्छ । कर्म प्रमुख हो, भावना प्रमुख हो, जात प्रमुख भनेको हैन र छैन पनि”भनेर तपाईहरुकै शास्त्रहरुमा उल्लेख भएको कुरा पढ्नु हुन्न तपाई ? त्यस्तै बुद्धले पनि “ज्ञानी बृषल पनि ब्राह्मण हुन सक्छ,मूर्ख ब्राह्मण पनि बृषल हुनसक्छ”भनेका छन नि त । त्यस्तै कृष्णले खेल्ने खेलाउने गरेका सोह्रहजार गोपिनीहरु प्नि कथित अछुत भनिने गन्धर्व जातका हैनन् र बुवा ? उनले पनि जात विभाजन नभएर कर्म विभाजन भनेकै छन् क्यारे , हैन र ?
कथित शुद्र शम्बुक बैज्ञानिक थिए । जसलाई मर्यादा पुरुषोत्तम कहलिएका रामले बाउनको कुरा सुनेर काटे । तर दलित सावरीको जुठो त उनले खाएकै त हुन ?त्यस्तै अर्का शुद्र भनिएका एकलव्य पनि धनुर्बिद्याका प्रकाण्ड बैज्ञानिक थिए । उनलाई पनि इर्षालु दम्भी बाउन द्रोणाचार्यले आफूभन्दा जान्ने भएको भनेर हात काटे । अब भन्नुस बुद्धिमा को बढी रहेछ त ? मध्ये युगीनका केही टाठाबाठा चंङखेहरुले मानवको एक सुत्रीय डोरी छिनाएर जातीयताका नाममा टुक्राटुक्रा पारी आफै सर्बश्रेष्ठ घोषित भई एकछत्र सामन्ती शासन गर्दै निरीह मानव समाजलाई दमन गर्दै आए । बस् , यही हो जात नामको अभिमानको पिरामिड । निर्जीव पाषाणलाई देउता बनाएर चेत जीवलाई घोडा बनाउने, गराईखाने जबरजस्त स्वेच्छाचारीलाई शक्तिको श्रीपेच पहिराएर गरिखानेमाथि चरम शोषण दमन गराउने, गर्ने कृपण,कुटिल बाउनहरुलाई धिक्कार छ ।”
कालो बादलमा चाँदीको घेरा भए जस्तै सामन्तीको पहरेदार बाउन परिवारमा परिवेशको प्रकाशको रुपमा लक्ष्मणको उदय भएको थियो, अपवाद ।
लक्ष्मण पढन सुरु गरेको केही बर्षपछि देउकली स्कूल भर्ना भएकी थिई । दलित जातिकी एकमात्र छात्रा, अपवाद । यसको उत्पे्ररक पनि लक्ष्मण नै थियो । जुन कुरा अघि लक्ष्मणकै आमाले मुख फोडिसकिन् ।
कथित शुद्र शम्बुक बैज्ञानिक थिए । जसलाई मर्यादा पुरुषोत्तम कहलिएका रामले बाउनको कुरा सुनेर काटे । तर दलित सावरीको जुठो त उनले खाएकै त हुन ?त्यस्तै अर्का शुद्र भनिएका एकलव्य पनि धनुर्बिद्याका प्रकाण्ड बैज्ञानिक थिए । उनलाई पनि इर्षालु दम्भी बाउन द्रोणाचार्यले आफूभन्दा जान्ने भएको भनेर हात काटे । अब भन्नुस बुद्धिमा को बढी रहेछ त ? मध्ये युगीनका केही टाठाबाठा चंङखेहरुले मानवको एक सुत्रीय डोरी छिनाएर जातीयताका नाममा टुक्राटुक्रा पारी आफै सर्बश्रेष्ठ घोषित भई एकछत्र सामन्ती शासन गर्दै निरीह मानव समाजलाई दमन गर्दै आए ।
एकदिन, देउकलीको बाबु भीमे दमै झोलामा सिलाएको लुगा बोकी,टोपीमा सियो घुसारेर मालिकलाई अर्पण गर्न आएको थियो । लक्ष्मणको बाबुआमालाई देब्रे हात तल अडाउदै दायाँ हातको पाँच औँला उठाएर “जदौ मालिकसाब,जदौ मालिक्नीसाव भन्दै स्वस्ति गर्दै सिएका लुगाहरुको झोला टक्राएको थियो । साथमा थिई, छ बर्षकी छोरी देउकली । उसलाई पनि स्वस्ति गर्न सिकाइरहेको थियो ,भीमेले ।
कालो बादलमा पनि चाँदीको घेरा भए जस्तै, शुभ लक्षण प्रकट गर्दै लक्ष्मणले बाल जिज्ञासा चुहायो– “तिम्रो छोरीलाई पढाउदैनौ दाई ?”(उमेरमा जति फरक भए पनि बिष्टको बच्चाले काका वा अरु नाता लाउन सांस्कारिक निषेध भएकोले बाबु सरहको उमेरको भीमेलाई पनि ‘तिमी र दाई’ भन्न सिकाइएको थियो)
“कहाँ पढाउनु मालिक, हामी डु’मा बच्चालाई । छोराले त पढ्न पा छैन छोरीको त के कुरा हजुर । बिष्ट मालिकका बच्चासंग लसपस हुन्छ रे ।” भीमेको वाक्यमा हीनता र निरीहता छचल्किकिएको थियोे ।
सचेतता प्रकट गर्दै लक्ष्मणको प्रतिप्रश्न– “खै हाम्रो कितावमा त केटा,केटी र तल्लो माथिल्लो जात भनेर लेख्या छैन त ? सबै मान्छे बराबर भन्ने पढ्याछु मैले त । हैन, यो डुम र छोइछिटो भन्या शब्दहरु काँ लेख्या रछ दाई ?”
“के भन्छ यो ? चाइने नचाइने कुरा कोट्याएर गु गोबर एकै ठाउँ मुछ्न खोज्छस् बजिया ? हराम कहिंको । तँ फुच्चे किन बढी हुन्छस् हँ ? उलाई थाहा छैन सबै कुरा ?”
एकछिन अल्मलिए पनि बाबुको हप्काईले लक्ष्मणलाई विजाउन सकेको थिएन ।
एकछिन, ती बाउन बाबु छोराको गलफतिसंग छुटेर आफनो अभ्यन्तरतिर घोत्लिन थाल्यो भीमे दमाई– चरम सामन्तताको घोडा चढेका बिष्ट बाउन बाजेले जे भने तापनि भीमेको मनमा बाल बिद्वत लक्ष्मणको भनाईबाट कताकता हराएको मोति भेट्टिए जस्तो लागेछ,उसलाई । भीमे मात्र हैन छोरी देउकलीको बाल मस्तिष्क पनि अलिकति व्यूँझिए जस्तो भएछ । तत्काल मालिक मालिक्नीलाई झोलाको लुगा टक्राएर विदा माग्यो भीमेले–जदौ जदौ.. ।
त्यहाँ लक्ष्मणलाई बाबुले हप्काएको देखेर चुप लागे तापनि घर गएपछि जिज्ञासा पोखी देउकलीले– “म पनि पढ्न जाने हो बा ?”माया गरेर संगै हिडाउने गरेको सन्तानमा एक मात्र छोरी देउकलीले पनि पढने इच्छा प्रकट गरेकीले स्कूल भर्ना गरिदिनेतिर भीमको दुस्साहस जुर्मुरायो । र मास्टरलाई अनुरोध गरेर भर्ना ग¥यो,भीमेले ।
पृथ्वीमा प्रकट भएको अजीव प्राणी जस्तै स्कूलमा भरिएका अभिजातका वथानमा एक्लै झुल्किएकी देउकली झोलामा एक दुईवटा किताव र हातमा अँगारले पोत्ने कालो पाटी र आफैले आमाले बुनिदिएका मकै खोस्टाको चकटीे बोकेर लगेको ओछ्याएर अलग्गै बसी । अर्थात कथित उपल्लो जातका समकालीनहरुको घोचपेचलाई मौनतासंग पिएर गाउंको स्कूलमा अक्षुण्ड पाँच बर्ष पढ्ने अवसर पाएकी देउकलीले पाँच कक्षा सकेर थन्केकी थिई ।
छोरी पढाउँदा भएका विभेद र हेपाहा संस्कारका बारेमा शिक्षकहरुको विवशतालाई भीमेले कर्के आँखाबाट अवलोकन गरिरहेको थियो । अन्यथा स्वकुलिन, कथित अभिजातहरुको भीड शिक्षकमाथि खनिन सक्थ्यो । समाजले बाँधेका बन्धनहरु उलङघन गर्ने क्षमता राख्ने लक्ष्मण, देउकली भर्ना भएकै बर्ष स्कूल स्थानान्तरण भई अन्यत्र गैसकेको थियो ।
०००
कक्षा ६ देखि सदरमुकामको माध्यमिक विद्यालयमा अध्ययन गर्दा लक्ष्मणको ओजस्वीता,ऊ भर्ना भएको विद्या सागरमा झल्कन्थ्यो । पाठ्यक्रमिक घोकाइको साथै जीवन र जगतका विद्या सागरको गहिराईमा डुबुल्की माथ्र्यो ऊ । बिशेषतः त्यस सागरमा प्रगतिशील साहित्य र राजनीतिशास्त्र छाम्ने उसको शोख ।
बाउनको सांस्कारिक आवरण फुकालेको लक्ष्मण, छुट्टीमा घर आएको बेला यथौसर शिक्षाको उज्यालोसंग सन्निकट भएकी देउकलीको खरेघर र उसको दमैटोल चाहार्न गैहाल्थ्यो । यो उसको अभ्यागत÷व्यवहारिक बानी बनिसकेको थियो । अर्थात देउकलीको आवरणमा दमै टोललाई उसले पानी पँधेरो बनाएको थियो । गौँबर्णा,पातलो ओठ,गाजलु आँखा,पंक्तिवद्ध दाँत,रुपसी यौवना देउकली दमिनी लक्ष्मणको आँखादेखि छिरेर सुन्दरी भएर गढेकी थिई उसको मनको शिखरमा । वस्तुतः जातियताको थोत्रो खोलले नछोप्ने हो भने कुनै बाउनी भन्दा कम सुन्दरी थिइन, देउकली ।
बाबुको कडा निगरानीको पर्खाल लङघन गर्नु उसको लागि दही च्यूरा चपाउनु जत्तिकै थियो । देउकलीको परिवारमा भने लक्ष्मणको उपस्थिति कोशे ढुंगा प्रतीत थियो । एकदम असहज । कुनै पनि समयमा आफनै शिरमा बज्रिन सक्ने बज्रको त्रासले ग्रसित पारेको थियो,दमैहरुलाई । यद्यपी कथम् डुङ्गा ढल्कियो भने आफै वहना चलाएर तारिदिने लक्ष्मणको आश्वासनले उनीहरुलाई अलिकति उचालेको थियो ।
०००
एसएलसी सम्म पढाई हुने त्रिभूवन मा बि को अध्ययनमा प्रथम श्रेणीमा उतिर्ण गरेपछि उमङ्गको जहाज चढेर घर आएको लक्ष्मणले बाबु आमालाई ढोग्दै बांड्यो,खुशीको खबर, म प्रथम श्रेणीमा एसएलसी उतिर्ण भएँ, भनेर । आमा शारदा बज्यै खुशीले जुरुक्क उचालिइन् । बुढा पण्डित बाजेलाई भने आधा काँचो, आधा पाको मेवा जस्तो लाग्यो । किनकी उनलाई लक्ष्मणको देउकलीसंगको लसपसको गन्धले कचल्ट्याएको बेथित मन अझै बेथित नै थियो । त्यसैले कुण्ठाग्रसित उनको मनमा घाम लाग्न सकेको थिएन ।
बुवा ! आमा ! हजुरहरुले मलाई यहाँसम्म पढ्ने अवसर दिनु भएकोमा म कृतज्ञ छु । तर मेरो लक्ष्य यतिमा मात्र सीमित हैन । केही राम्रा राम्रा नयाँ कामहरु गरेर यो जीवनलाई इतिहासको उचाईमा उभ्याउनुछ, पुर्खालाई समेत साक्षी राखेर । त्यसैले मैले पहिले दुईटा कामबाट सुरुवात गर्नुछ, एउटा अध्ययनलाई अगि बढाउने र अर्को सामाजिक क्रान्ति गरेर अल्मलिएका समाजलाई बाटो देखाउने । यसमा मलाई हजुरको सहयोग चाहिन्छ । गर्नुहुन्छ सहयोग ?
छोराको उक्त भनाई पण्डित बाजेलाई पहलमानी खेल जस्तो लागेको थियो, उचालेर पछार्ने । आशंकाको तीतो उनको मनबाट पखालिन सकेको थिएन ।
“केहो त्यो सामाजिक क्रान्ति भन्या ? उही डुमिने कुरा त होला नि । अहिलेसम्म के समाज चल्या छैन ? तैँ जस्ता नास्तिक लफङ्गाहरुले चलाको छ, समाज ? अरुको त बुद्धि नै छैन भन्ठान्छस् कि क्याहो ? आ आफनो व्यवस्थाले चलेको सनातनी समाजलााई लथालिङ्ग पार्न खोज्ने तैले केही लछारपाटो लाउन सक्दैनस् । घुमाई फिराई उही डुमिने कुरातिर सोझाउन लाछस् तैले, म बुझदिन र ?म्लेच्छे कहिंको… । म जस्तो पण्डितलाई तैले सिकाउन पर्दैन बुझिस ? आफनै धारमा बगिरहेको धर्मशास्त्रको नदीलाई दुवाली थुनेर अन्तै तर्काउने धृष्टता नगरे हुन्छ तैले बुझिस् ?”
बाबुको अस्वस्थ चेतनालाई पुछपाछ पार्ने प्रयास गर्दै लक्ष्मण अगि बढ्छ—“हैन बा पैले तपाईमा लागेको यो रुढ चिन्तनको कालो टाटो मेटाउनु पर्छ । त्यसले तपाईको दृष्टिमा समेत मोतिविन्दु बनाइरहेकोछ । त्यसले एकार्कालाई पहिचान गर्नमा बाधा पु¥याइरहेकोछ । मनु श्रृजित त्यो जातिवादी विभेदकारी रङ्गले अन्तरदृष्टिमा भ्रमको जालो पारेकोछ, हामी हिन्दुवादी समाजलाई । त्यसैले त्यसबाट मुक्ति पाउन हामीले मन, वचन र कर्मदेखि सकृय हुनुपरेकोछ ।
ढोंंगी बाबुलाई प्रतिबादको ढालले छेकेर लक्ष्मण अगाडि भन्छ—
”बा,तपाई भन्नु हुन्थ्यो,मान्छे भएर जन्मेपछि पुण्य कमाउनु पर्छ । तर तपाईले ब्राह्मणबादी भाषामा भनेको पुनर्जन्मको पुण्य अर्थहीन छ । हामी मान्छेले कमाउनै पर्ने पुण्य भनेको यश हो, यही जन्मको, मृत्यु पर्यन्त गरेर मृत्यु परान्त बाँचिरहने पराक्रम । अनि पो जो मृत्यु परान्त पनि इतिहासको पानामा अमीट स्वर्णाक्षर भएर बाँचिरहन्छ । यसैलाई हामी मरेर बाँच्ने काम भन्छौं । तपाइको पुनर्जन्मको पुण्य बोलीमा सीमित छ । मृत्युमा सीमित छ । मुखले पुण्य कमाउने भन्ने मनले स्वार्थ ताक्ने, पैसा ताक्ने,अरुको कुभलो ताक्ने । अरुलाई होच्याएर ,निहुराएर,दमन र शोषण गर्ने काम्य कर्म पनि पुण्य कर्म हुन्छ कहीँ ? यो कस्तो पुण्य हो ? जीवन र जगत भन्दा बाहिरको । ल भन्नुस त हृदय खोलेर । अतःयो निकम्वा संस्कार हो ।”
छोराको यस किसिमको आदर्श कुराले बुढा पण्डित दम्पत्तिलाई एकछिन घोत्लिन विवश पा¥यो । यद्यपी पण्डित बाजेको रुढ चिन्तनको छायाँमा प्रकाश छिर्न नसकेपछि बुढाको गर्जन फुट्यो,रौद्र रुप भएर–
“ हैन के भन्छ यो निकम्मा संस्कार ? पुर्खा देखि चलिआएको सनातनी संस्कारलाई तैले निकम्मा भन्दैमा निकम्मा हुन्छ बेबकुफ?”
“मानव जीवन र जगतलाई बुझन नसक्ने चलनलाई निकम्मा नभनेर के भन्ने त बुवा ? समय गतिमान छ, प्रगतिशील छ, बलावान छ । तपाई अहिले यहाँ हुनुहुन्छ,उठेर हिडन थाल्नु भो भने पाँचै मिनेटमा कहाँ पुगिसक्नु हुन्छ, कति काम भ्याइसक्नु हुन्छ । पत्तै हुदैन । जैवीक बस्तु रुपान्तरित छ । प्रत्येक पलमा समय सापेक्ष विकास र रुपान्तरण भै रहन्छ । समयको हरेक पल परिवर्तनशील छ, ,तर त्यसलाई आफनो अनुकुल हुने गरी पक्रन र उपयोग गर्न गहिरो अध्ययन,मनन भएका ज्ञानी,बिद्वान,बिदुषी,बिवेकशीलले मात्र सक्तछ । तपाईहरुको घोकन्ते बिद्याले केही पत्ता लाउन सक्तैन । कुनै पनि कुरालाई गहिरो अध्ययन र बिश्लेषण गरेर हेर्नु पर्दछ । आफनै गति आफनै मतिको जीवन निरर्थक हुन्छ ।”
बाबुको भित्री आँखा उघार्ने क्रममा उसले पुनःअगाडि भन्यो—
यदि समयसंग गतिका साथसाथ परिवर्तन नहुँदो हो त मानिसहरु अहिलेको विकासको चरमचुलीको अवस्थामा आइपुग्नेनै थिएनन् होला । नाङ्गै हिड्ने,ढुंगाको हतियार चलाउने,कन्दमुल र सिकार मात्र खाएर जिविका चलाउने बाँदर जस्तो पुच्छरवाला जंगली अवस्थाका मान्छेहरु अहिलेको यो यान्त्रिक बैज्ञानिक युगमा आइपुग्ने नै थिएन होलान् । यो सबै समय सापेक्षित भएको मानिसको चैतन्य र चाहना विकासले डो¥याएको आवश्यताको परिणति हो । समय जलप्राणी जस्तै चिप्लो पनि हुन्छ । त्यसलाई आत्मसात गर्नसक्ने मान्छे बुद्धिमान र सफल हुन्छ । त्यो समाउन नसक्ने मान्छे जहिल्यै असफल रहन्छ,त्यो मूर्ख हो ।”
बुढा बा अझ कुण्ठित दिमाग झोस्दै जङ्गिए–बाँदर साँदर मलाई थाहा छैन । भगवानले बनाइदिएको मान्छेलाई बुद्धि पनि भगवानले नै दिएर पठाका हुन् । तैले भन्दैमा मान्छु म ? बडो के के न जान्ने हुन्छ ?.
आफनो अडानलाई मजबुद पार्दै लक्ष्मण– ल एकछिनलाई मानौं, भगवानले जीव बनाए होलान् रे तर परिवर्तन त समय सापेक्ष मानव आफैले गर्दै नल्याएर अहिलेको अवस्थाको युगमा आउन सक्छ बा ? ल भन्नुस ।
बुढा एकछिन् रुमलिएको अवस्थामा,
यदि समयसंग गतिका साथसाथ परिवर्तन नहुँदो हो त मानिसहरु अहिलेको विकासको चरमचुलीको अवस्थामा आइपुग्नेनै थिएनन् होला । नाङ्गै हिड्ने,ढुंगाको हतियार चलाउने,कन्दमुल र सिकार मात्र खाएर जिविका चलाउने बाँदर जस्तो पुच्छरवाला जंगली अवस्थाका मान्छेहरु अहिलेको यो यान्त्रिक बैज्ञानिक युगमा आइपुग्ने नै थिएन होलान् । यो सबै समय सापेक्षित भएको मानिसको चैतन्य र चाहना विकासले डो¥याएको आवश्यताको परिणति हो । समय जलप्राणी जस्तै चिप्लो पनि हुन्छ । त्यसलाई आत्मसात गर्नसक्ने मान्छे बुद्धिमान र सफल हुन्छ । त्यो समाउन नसक्ने मान्छे जहिल्यै असफल रहन्छ,त्यो मूर्ख हो ।
लक्ष्मणले, आमालाई नवनिर्मित डुङ्गामा बसाएर नदीको मध्यबिन्दुसम्म पु¥याए पनि, परम्परावादी ब्राह्मणबादको धङधङीको जालमा अल्झिएका प्रमुख पात्र बाबुलाई तारण गर्न तत्काल हम्मेहम्मे भएपछि उसले अर्को विकल्प खोज्यो–
बुवा ! तपाइको दिमागमा भरिएको खिया तपाई आफै सफा गर्न सक्नुहुन्न भने परिस्थितिले, आवश्यकताले भविष्यले सफा गरिदिनेछ । जसरी प्रकृतिले धर्तिमा मावनको जन्म दिएपछि उसले आफनो आवश्यकता पूर्तिको लागि आगोको आविष्कार, हतियारको आविष्कार हुँदै कृषि प्रणाली र अन्यान्य उच्च प्रविधिहरुको आविष्कार गर्न सिक्यो, त्यसैगरी तपाईहरुको मानसिकता पनि कुनैदिन माझिन वाध्य हुनेछ ।
तपाई र तपाईहरुले अछुत बनाएका ती कथित शुद्र जातिको शारीरिक बनोट र रगत हेर्नुस त हामी भन्दा केही फरक छ ? पढन पाए भने तपाइहरुले पढने पुराण,बेदादिहरु उनीहरु पढन सक्तैनन् र ? त्यसमा पनि तपाइहरुले नै बन्देज लाउनु भएको छ, अरुको अधिकारमाथि हस्तक्षेप गरेर । ऊ .. के देउकलीले पढन सकिन त ? पढ्न पाई भने अझै कति पढ्न सक्छे । रुपमा पनि अरु बाउनी भन्दा ऊ कम छे र ? तपाई वेद पढ्छु भन्नु हुन्छ तर नबुझी नबुझी संस्कृत श्लोक मात्र भट्याउनु भएको रहेछ ,त्यसको भाव बुझनु भएको रहेनछ जस्तो लाग्यो । नेपाली भाषामा लेखिएको वेद र गीताको शारांस भाव मैले पनि पढ्याछु , जगत र जीवनलाई अध्ययन गर्ने क्रममा । त्यसमा त आ आफनो स्वेच्छिक कामको मात्र उल्लेख छ । ज्ञानको उल्लेख । क्षमताको उल्लेख छ । वर्गको उल्लेखछ तर जातीय विभेदता उल्लेख छैन । गोत्र उल्लेख भए पनि जातमा असमानता छैन । शिक्षा क्षेत्रमा लागेकोलाई–पण्डित –ब्राह्मण । सुरक्षा र स्थिति क्षेत्रमा काम गर्ने साहसीलाई – क्षेत्री । व्यापार व्यवसाय र आर्थिक व्यवस्थापन क्षेत्रमा काम गर्नेलाई– बैश्य र अन्य विविध प्राविधिक सेवा क्षेत्रमा काम गर्नेलाई –शुद्र भनियो । त्यो शुद्र भनेको तपाईहरुले सोच्ने गरेको पैतालाको धूलो हैन । कर्मशील कालिगढ हो । यस्तै बुद्धले बृषल पनि ब्राह्मण हुन सक्छ, ब्राह्मण बृषल पनि हुन सक्छ । यसले कार्य दक्षता र मानिसको चरित्र दुबैलाई संकेत गरेकोछ ।
अन्ततः मानिसको वर्ण फरक भए पनि रगत उही हो । वर्ग फरक भए पनि बोधगम्यता उही हो । चाहना फरक भए पनि भावना उही हो । बाटो फरक भए पनि गन्तव्य उही हो । माटो फरक भए पनि कर्मभूमि उही हो ।
छोराको लामो कुरा सुनिरहेकी शारदा बज्यैले मुख फोडिन्–
“आ ऽ ऽ हजुर, छोराले गरेका लामा कुरा सुन्दा त होला जस्तो पनि लाग्यो, मलाई । यति धेरै जान्ने, गरीखाने भैसकेको र’छ हाम्रो छोरो । एउटा छोरो छ, जता लान्छ उतै जाने जस्तो लाग्यो,मलाई त । जेसुकै गरोस, हामीलाई पाले भैगो नि व्यार्थै”। पुत्र मायामा लिप्त शारदा बज्यैले कुरो छिनालिन् ।
आमाको सांकेतिक सहमतिले लक्ष्मणको क्रान्ति योजनामा घिउ थपिएर साहसको टेकामा बल थपिए जस्तो लाग्यो ।
अल्पमतमा परेका पण्डित बाजेको रिसको पारो कत्ति पनि झरेको थिएन । मुखको झटारोले बुढीलाई हान्दै भने–
“त्यसले घुमाई फिराई देउकली डुमिनी भित्राउन खोज्या कुरा तँ बुझदै नबुझेर रौरवमा फसाउन खोज्छेस् मलाई ?अहिलेसम्मको आफनो सनातनी निष्ठादेखि हात धोएर बसौँ त म ? थुइअ अज्ञानी । तैँ जाक्की त्यो रौरव खाडलमा । जेसुकै गर तर म मान्दै मान्दैन ।”
बाबुको धृष्टतामा हस्तक्षेप गर्न असहज भएपछि आमाको अपेक्षामा लक्ष्मण–
ज्ञानको सौरभता सतहको अनुभूतिमा पनि पाइन्छ भन्ने कुरा आज आमाबाट पनि थाहा पाएँ मैले । उहाँ अशिक्षित भए पनि बुजु्रक हुनुहुदोरहेछ, बुवाभन्दा,धेरै । म गर्विभूत भएँ मेरी आमादेखि । कर्मकाण्डमा मात्र लिप्त बुवाको एकाकी सतही अध्ययन एक पेटको लागि सीमित हो, मृत्यु पर्यन्त । जो पशुहरुले पनि पु¥याउँछ, एक पेटको लागि । तपाईको कर्म त्यही एक पेट हो । न समाजको लागि, न पुण्यको लागि । रित्ता हात आयो, रित्तो हात गयो । लौ भन्नुस बा तपाई के चाहनुहुन्छ ? आफनो सन्तान पशु तुल्य शून्यबाट शून्य मै विलीन होस भन्ने चाहनु हुन्छ कि सन्तानको चाहना अनुसार आफनो समेत नाम रहने गरी केही गरोस् भन्ने चाहनु हुन्छ ?
मुटु दरो पारेर बुझ पचाउँदै शारदा वज्यै भन्छिन्– छोरो जान्ने बुझ्ने र पुर्खाको नाम राख्ने काम गर्छु भन्छ । त्यतिभएपछि जातको नाक मात्र कति ठाडो पार्ने हो र जस्तो लाग्छ मलाई । त्यो भन्दा पुण्य काम अरु के खोज्ने हो र व्यार्थै ।
पण्डितको चट्टाने मनलाई छोरा र बुढीको तर्कले अलिकति स्खलित गराएछ क्यारे ।
एकछिन घोत्लिए । मनमा सारङ्गीको राग झङकृत भयो । अनि उनको स्मृतिपटलमा भानुभक्तको प्रेरक घाँसी आएछ क्यारे । लक्ष्मणका वाक्यहरुमा सार्थकताको रङ्ग देखिन थाले ।
“इतिहास नै पुण्य हो भन्छ, लक्ष्मण । हुन त मरेपछि पनिे बाँचिरहने निशाना नै पुण्य हो भन्ने त शास्त्रमा पनि लेख्या त छ । ‘जीवन क्षणभङ्गुर छ, जगत सत्य छ । जीवन एउटा चोला हो, लुगा जस्तै परिवर्तन भैरहने । जगतको सत्यलाई बुझेर जीवनकालमा गरेका यशहरु नै मृत्युपरान्तको अनन्त सत्य हो, त्यही पुण्यकर्म हो, त्यही इतिहास हो, लेख्य मूर्ति हो, त्यही लिखत शालिक भएर उभिरहन सक्छ चिरकाल पर्यन्त’ । जो हामीले पढीआएको, देखि आएको र अनुभूति गरी आएको कुरा पनि हो । तर यसले अन्तर जातसंग विहे गर्दैमा इतिहास बन्ने हो र ? हुन त इतिहास बन्नलाई केही न केही जिवन्त रहने नयाँ कार्य त गर्नै पर्छ । तै पनि सुरुवात भएपछि, नयाँ नयाँ श्रृखलााहरु उभिएलान नि…. ।
आ ऽ ऽ छोराको चाहना पु¥याउन दिन पर्छकि क्या हो । तर सबैभन्दा जटिल गौंडो खडा गरेकोछ त्यसले । त्यो सीमारेखा पार गर्न कम्ती गाह्रो छैन । हुन त त्यो रेखा ऊ लक्ष्मणको रेखा हैन, जुन सीताको लागि अनिष्ट भयो । यसमा मेरो एक धर्सो समर्थन भए पुग्यो । एकफेरा उसको भावी लक्ष्यको रेखाङकन पनि हेर्नु प¥यो । ”
दृढताको चट्टानबाट पग्लिएका पण्डित बाजेले बुढीलाई बोलाएर भने–
“जा तेरो छोरालाई बोलाएर ले के सोच्याछ त्यसले पहिले कुरा बुझौ ं। अनि छलफल पछि निर्णयमा पुगौँला । ”
आमाले बाबुको आदेश सुनाएपछि अबभने बल्ल मेरो केमिकलले बाको चट्टान पग्लिएछ क्यारे ।
लक्ष्मण बाबुको सामुमा उपस्थित भएर भन्यो–
“बुवाको कठोर ढुङ्गे मन बल्ल पग्लिएछ क्यारे । सन्तती भनेको धरतीमा रोपिएको बोट हो, जसले धरतीलाई चपक्क समातेको हुन्छ । अनि त्यो बोटले पाकेको कसिलो फल दिन्छ । अन्ततः जन्मदाताले स्वादिलो मानेर फल खान पाउँछ । यदी फल दुषित निस्कियो भने त्यो कोक्याउँछ । बिषाक्त भयो भने त्यसले जीवन लिन सक्छ । त्यसैले म हजुरहरुको जिब्रो रसाउने स्वादिलो फल बन्न चाहन्छु । अनि अन्य समाजको लागि पनि उदाहरणीय बन्न चाहन्छु बुवा ।
अन्तत्वगत्वा लाचार भएर ब्राह्मणबादका हिमायति बुढा पण्डितले आफनो मनको सीमा रेखालाई खनखान पार्ने निश्चयमा पुगे, छोरा लक्ष्मणको दृढतालाई हल्लाउन नसकेर । “लौ जा जेसुकै होस्, आमा छोरा एकातिर भएपछि म मात्र किन एक्लिने हो र । तर देउकली नै भित्राउने होस् भने छोटकररीमा सट्याक सुटुक होओस ।
लक्ष्मण—देउकलीको बिहा गाउँकै चौतारामा वर–पीपललाई साक्षी राखी दीर्घकालिन प्रेम र जीवनको गीतमा संगै नाच्ने, संगै उमङ्ग मनाउने सपथ र प्रतिबद्धताका साथ पूmलमाला आदान प्रदान गरी सामान्य जलपान भोजका साथ सुसम्पन्न भयो । भीमे दमैको स्पृहामा खुशीको प्रदीप्त किरण छायो ।
ततपश्चात पण्डित बाजेको पण्डित्याँई र पुरातन, अमान्य निरर्थक आदर्शमा खग्रास लाग्यो ।
विवाह पश्चात लक्ष्मण, जीवन संगिनी देउकलीको साथमा जीवनको नक्शा समातेर लक्ष्यको बाटोतिर लाग्यो, उच्च शिक्षा अध्ययन र अन्यान्य सामाजिक उत्थानका कृयाकलापतिर ।
०००
: कथाकार प्रगतिशील साहित्यकार हुन् ।
प्रतिक्रिया