२३ भदौ २०८१, आइतबार | September 8, 2024

थपिए १ हजार ९११ नयाँ संक्रमित, कुल संक्रमितको संख्या ८० हजार नजिक



काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम रोकिएको छैन । बिहीबार फेरि ह्वात्तै बढेका छन् कोरोना संक्रमित ।

११ हजार ४४४ पीसीआर परीक्षण गर्दा १ हजार ९११ जनामा भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता गौतमले दिएको जानकारी अनुसार हालसम्म कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

एकैदिन सक्रिय संक्रमितको संख्या ९५० बढेको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ७६१ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ६९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पुनः देशव्यापी लकडाउन लगाउनुपर्ने सिफारिस सरकारलाई दिएको छ । यसअनुसार अब ३ हजार १७० जना संक्रिय संक्रमित थपिए लकडाउन लाग्नेछ ।

तर, पहिलो लकडाउन र दोस्रो निषेधाज्ञाका कारण थिलोथिलो परेको अर्थतन्त्र र आम मानिसलाई परेको अप्ठेरो अवस्थालाई कसरी समाधान गर्ने भन्नेबारे भने सरकारले अहिलेसम्म योजना बनाउन सकेको छैन ।

पछिल्लो २४ घण्टामा ९६१ जना मात्र डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । यो कुल संक्रमण दरको ७१ दशमलव ९ प्रतिशत हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : २३ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर