२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

चित्लाङ-थानकोट सडक खुल्ला



मकवानपुर । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङ-थानकोट सडक खुलेको छ ।

गत बुधबारदेखि अवरुद्ध सडकका ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आइतबार सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो । मकवानपुरको थाहानगरदेखि काठमाडौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ-थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको थियो ।

अहिले सडक चलेपछि उक्त सडकबाट सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि थाहानगरवासीलाई सबैभन्दा छोटो मार्ग भएर काठमाडौँ जान समस्या भएको थियो ।

समस्या सुल्झाउने क्रममा काठमाडौँका प्रदेशसभा सदस्य रमा आले मगर, मकवानपुरका तत्कालीन संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, थाहा होटल एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललगायत पहिरोस्थलमा पुगेका थिए । रासस

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ३२ बजे

जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश

मुम्बई । भारतको सर्वोच्च अदालतले दिवालिया जेट एयरवेजलाई लिक्विडेसनमा लैजान

बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी

धरान । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत

कांग्रेसको मेची–महाकाली‘ युवा सङ्कल्पयात्रा’ सुरु

झापा । युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली

जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

मोरङ । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल

अन्तर्राष्ट्रिय योग गुरुसँग रोटरी चौतारीको ध्यान शिविर

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा अन्तर्राष्ट्रिय योग