२३ भदौ २०८१, आइतबार | September 8, 2024

सगुन एपमा नयाँ फिचर ‘मुड टक’ को सफल परीक्षण



भर्जिनिया । सामाजिक संजालमा आधारित ई–कमर्स कम्पनी सगुनले सगुन एपमा नयाँ फिचर ‘मुड टक’ को बेटा भर्सनको सफल परीक्षण गरेको छ।

शनिबार जूममार्फत आफ्ना लगानीकर्ता तथा प्रयोगकर्ताहरु माझ गरिएको परीक्षणमा सगुनका संस्थापक गोविन्द गिरीले आफ्नो प्राविधिक टिमसँग बसेर लामो गृहकार्य पछि यो फिचर अहिलेको स्वरुपमा तयार भएको उनले जानकारी दिए। मुड टकको अवधारणाबारे जानकारी गराउँदै गिरीले केहि समयअघि बिरामी हुँदा आमालाई आफ्नो भावना कसरी पुराउने भन्ने सोचेर उक्त च्याटको परिकल्पना आफुले गरेको बताए।

सगुनका हेड अफ टेक्नलजी कपिल नवानीले लामो अनुसन्धान र बजारमा उपलब्ध अन्य सामाजिक संजालको पनि अध्ययन गरेर मुड टक विकास गरिएको बताए। नवानीले आम प्रयोगकर्ताका लागि सगुन एपको नयाँ भर्सन छिटै उपलब्ध हुने जानकारी पनि दिए । उनले मुड टकमा रहेका विभिन्न फिचरहरुको लाइभ डेमो गरेर देखेका थिए।

सगुनकी सहसंस्थापक स्वाती दयालले आफ्नो टिमले रातदिन काम गरेर नयाँ भर्सन तयार गरेको जानकारी गराइन्। दयालले २४ घण्टामा च्याट आफै डिलिट हुने तर त्यो भन्दा पहिले आफुले पनि डिलिट गर्न सकिने बताइन्। उनले यसमा चित्र वा भिडियो पनि चाडै शेयर गर्न मिल्ने र यो फिचरले मानिसहरुलाई कुराकानी शुरु गर्न, सम्वन्ध बनाउन र बलियो बनाउन सघाउने विश्वास व्यक्त गरिन्।

 

यो पनि पढौं : फेसबुकको बाटोमा सगुन

 

दक्षिण कोरियामा रहेका सगुनका लगानीकर्ता सत्तम लामाले मुड टकको सहायताले आफ्नो परिवारसँग कुरा गर्न पाउँदा साह्रै खुसी लागेको बताए। लामाले यो फिचर चाँडै लोकप्रिय हुने विश्वास पनि व्यक्त गरे।

नेपालमा रहेका प्रयोगकर्ताहरु शिशिर पोखरेल र ध्रुव शर्माले नयाँ फिचरबाट आफुहरु निकै उत्साहित भएको बताए । अमेरिकास्थित लगानीकर्ता चिन्ता बजगाईंले नयाँ फिचर सगुनका लागि एक कोशेढुंगा भएको बताए। जापान निवासी लगानीकर्ता क्रिस गैरेले नयाँ फिचर ल्याएकोमा सगुनलाई धन्यवाद दिए।

सगुनका सहसंस्थापक कबिन सिटौलाले सगुनको यात्रामा आजको दिन ऐतिहासिक भएको भन्दै यो फिचर विकास गर्न सघाउने टिमका सबै सदस्यलाई धन्यवाद दिए। उनले सगुनले जहिले पनि अरु भन्दा अलग भएर समाजमा केही नयाँ कुरा ल्याउन प्रयास गरिरहेको बताए। उनले आगामी दिनमा पनि सगुनलाई यसैगरी सबैको सहयोग र साथ प्राप्त भै रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ०६ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर